


कपिलवस्तु ।
नेपाली कांग्रेस जिल्ला कार्यसमीती कपिलवस्तुले गठवन्धनको जिम्मा नगरलाई दिएको छ । जिल्लाको तौलीहवामा वसेको वैठकले स्थानीय आवश्यकता अनुसार गठवन्धन गर्न नगर समीतीलाई जिम्मा दिने निर्णय गरेको हो ।
जिल्लाले गठवन्धनको विषयमा अध्यन्न , परामर्स र गठवन्धन दल संग छलफलका लागी दश ओटै पालिकामा प्रतिनिधि समेत पठाईसकेको प्रवतmा ईश्वरी प्रसाद पाण्डले वताउनुभएको छ । नगर समिति संग छलफल र संवयन्य गरि आवश्यकता अनुसार गठवन्धन दलभित्रका पार्टिहरुसंग गठवन्धन गर्ने प्रवतmा पाण्डेले जानकारी दिनुभयो ।
नगर समितिवाट गठवन्धन आवश्यक भए नभएको दुवै प्रकारका राय प्राप्त भएकाले आवश्यक भए नभएको थप अध्यनन गरि निर्णय गर्ने तयारी गरेको वताईएको छ । कांग्रेस कपिलवस्तुले गठवन्धनको विषयमा जिल्लाका सवै जसो पालिकाहरुमा छलफल परामर्स गरिरहेको छ । छलफल पश्चात कांग्रेसले गठवन्धनको विषयमा एक दुई भित्रमा अन्तीम निष्कर्ष सार्वजनीक गर्ने समेत वताएको छ ।