


कपिलवस्तु । लामो समयदेखि कपिलवस्तु वाट पत्रकारिता गर्दै आएका पत्रकार राजु खराल स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षको उम्मेदवार बनेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मा उनी काग्रेसका तर्फबाट सर्वसम्मत उम्मेदवार बनाएको वडा सभापति गङ्गाधर भट्टराईले बताउनुभयो ।
झण्डै दुई दसक वर्षदेखि कपिलवस्तु लगाएत विभिन्न जिल्लामा रहेर पत्रकारीता गर्दै आएका खराल गत निर्वाचनमा पनि अध्यक्षका आकाक्षि रहेका थिए । यस पटक उनलाई वडा समिति वाट सर्व सम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । अन्य राजनिति दलबाट सर्वसम्मत रुपमा नाम सिफारीस हुन नसकेको शिवराज ३ मा कांग्रेश वाट भने खराल एकल उम्मेदवार बनेका हुन ।
जिल्लामा रहेको सामुदायिक रेडियो समानताका स्टेसन म्यानेजरको रुपमा लामो समय काम गरेका उनी हाल उक्त रेडियो अध्यक्ष समेत रहेका छ । जिल्लाको पश्चिमि क्षेत्रको पत्रकारिताको विकाश महत्त्वपूर्ण भुमिका रहेका खरालले जनप्रतिनिधि बन्ने इच्छा प्रकट गरेका हुन । थारु समुदायको बाहुल्यता रहेको भितिरिया गाउ निवासी खरालको थारु समुदायमा लोकप्रियता छ ।
सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावमा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरालले नागरिकहरुका समस्यालाई आफुले बुझेको भन्दै जनताको सेवाको लागि उम्मेदवारी दिने बताएका छन् । वडाको सामाजिक तथा भौगोलिक अवस्थाको बारेमा आफुलाइ राम्रो सग जानकार रहेकोले सोही अनुसार वडाको बिकासको काममा लाग्ने उनको प्रतिवद्वता छ । सरल स्वभावका युवा नेता खरालले वडा अध्यक्ष जित्ने दाबी समेत गरेका छन् ।