हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अखिल नेपाल महिला संघको १० औ जिल्ला सम्मेलनको पुर्व तयारी बैठक सम्पन्न

सुनिल आचार्य कपिलवस्तु ।
अखिल नेपाल महिला संघको दशौं जिल्ला सम्मेलनको पुर्व तयारी बैठक बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बैठकका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले देशको आधा आकास ओगटेको अखिल नेपाल महिला संघ आफैंमा शक्तिशाली संगठन भएको बताउनु भयो । स्थानियतहको निर्वाचनलाई सफल पार्न महिलाहरु उत्साहका साथ लाग्नु पर्ने उँहाले बताउनु भयो । तिनै तहको निर्वाचनमा नेकपा एमालेको सरकार बन्ने निश्चित भैसकेको समेत उहाँले ठोकुवा गर्नु भयो ।
पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारीले अखिल नेपाल महिला संघको संगठन आफैंमा बलवान भएको बताउनु भयो । यसलाई अगाडी बढाउन कमिटी बिस्तार गर्न आबश्यक देखिएको बताउँदै अहिले आबश्यकता अनुसार अगाडी बढ्न आग्रह गर्दै पार्टीको साथ सपोर्ट रहने बताउनु भयो ।
यस्तै पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले महिलालाई दोश्रो दर्जाको रुपबाट हेर्न नहुने बताउनु भयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनु भयो ।
यसैगरी पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले दशौ जिल्ला सम्मेलनको पुर्व तयारी बैठकलाई संबोधन गर्दै स्थानिय तहको निर्वाचनका लागि सबैको महत्वपूण भुमिका रहेको बताउनु भयो । स्थानियतहका बिभिन्न मुद्दाहरुलाई उठान गर्न अखिल नेपाल महिला संगठन लाग्न जरुरी देखिएको बताउनु भयो । उँहाले बिचार र सिद्धान्तहरुलाई भन्दा पनि ब्यबहार परिवर्तन हुन जरुरी रहेको बताउनु भयो ।
बैठकमा अनेम संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , संघका प्रदेश सदस्य राधिका गौतम , पार्टीका जिल्ला कमिटी सदस्य बिश्व कार्की , जिल्ला कमिटी सदस्य बिकास आचार्य लगाएतले फागु २८ गते हुने दशौं जिल्ला सम्मेलन सफलपार्न र लागि अग्रिम शुभकामना दिनु भयो ।
अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका जिल्ला उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा जिल्ला सचिव चेतना अधिकारीको संचालनमा बैठक सम्पन्न भएको थियो ।
साथै बैठकले यहि फागुन २८ गते हुन गैरहेको १० शौं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित मायाँज होटलमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिनिधी छनौट , मञ्च ब्यबस्थापन लगाएतका कार्यहरु अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation