दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

वैकल्पिक राजनीति थालेको १० वर्षमै आम आदमी पार्टीको दोस्रो राज्यमा बहुमतको सरकार 

भारत । छिमेकी भारतमा वैकल्पिक राजनीति थालेको १० वर्षमा आम आदमी पार्टी (आप) ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो।

बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। नेपालसँग सीमा जोडिएका

उत्तर प्रदेश र उत्तराखण्डसहित पन्जाब, गोवा र मणिपुरमा मतगणना जारी छ।

मतगणनाको प्रारम्भिक परिणाममा पन्जाबमा आपले एकल बहुमत ल्याउने देखिएको छ।

पन्जाब विधान सभा ११७ सिटमध्ये ८८ मा आपका उम्मेदवार अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले दुई तिहाइ बहुमत ल्याउने देखिएको छ। मतगणना जारी छ।

सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो।

पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए। विभाजित भएको कंग्रेसले अहिले १२ सिटमा मात्रै अग्रता लिइरहेको छ।

पन्जाबमा आपले बहुमत ल्याए भागवन्त मान मुख्यमन्त्री बन्नेछन्।

वैकल्पिक शक्तिका रूपमा उदाएको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पन्जाब विधान सभा जित्नु आपका लागि ऐतिहासिक सफलता हो।

पन्जाबमा आपले सत्ता चलाइरहेको भारतीय कंग्रेसलाई हराएको हो। यसअघि दिल्लीमा पनि आपले कंग्रेसबाट नै सत्ता छिनेको थियो।

आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो।

आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।

अभियानमा सहभागीहरू भागवन्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए।

झन्डै २२ लाख मानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवन्तको पक्षमा आएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation