


विशेषत सेवा प्रवाहमै सुधार ल्याउँछौँ। जित्यौं भने छिर्ने दिनमै ह्विल चियर जहाँसम्म जान सक्छ, त्यही कोठासम्म मेयरको कार्यकक्ष हुन्छ। हामी तीन महिनाभित्र कल सेन्टर, एकद्वार फाइल सिस्टम सुरु गर्छौं।
स्थानीय राजनीतिमा ओझेलमा परेको विषय कानुन निर्माण हुन्छ। विकास निर्माणलाई नियमन र रेगुलेसन गर्न आवश्यक कानुनलाई चुस्त बनाउन चाहन्छौं।
पहिलो वर्ष नै फोहोर व्यवस्थापनमा संकलन प्रणालीलाई व्यवस्थित गर्नेदेखि लिएर व्यावहारिक परिवर्तनमै काम गर्छौं। त्यसबाहेक हरियाली प्रवर्धन, ग्राउन्ड वाटर रिचार्जमा काम गर्न चाहन्छौं।
पाँच वर्षभित्र खुशी, स्वास्थ्य, शिक्षित नागरिक र पर्यावरणीय सन्तुलन मिल्ने खालको नगरपालिका बनाउन चाहन्छौं।