हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

जिल्ला बाल अधिकार समितीको बैठक सम्पन्न

पार्वती आचार्य कपिलवस्तु । जिल्ला बाल अधिकार समितीको बैठक जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा बालबालिकाहरुको हक अधिकारको बिषयमा छलफल भएको थियो । बाल संजालका सदस्य अर्चना आचार्य र भाष्कर त्रिपाठीले राज्यले दिएको संबिधानमा उल्लेख गरिएको निशुल्क शिक्षाबाट बञ्चित भएको बताएका छन् ।
यस्तै बालमैत्री बिद्यालय , महिला मैत्री सौचालय , बालमैत्री डेस्कबेञ्च नभएको बैठकमा बताएका छन् । यसैगरी अधिकांश सामुदायिक बिद्यालयमा शिक्षकहरुले मोवाईल चलाएर बस्दा शिक्षा गुणस्तरिय नभएको गुनासो गरेका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे , जिल्ला न्यायधिवक्ता रत्न प्रकाश गिरी , जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दान बहादुर कार्कीले बाल अधिकारको हक अधिकारको बिषयमा बाल अधिकार सम्बन्धि आ आफ्नो भनाई राख्नु भएको थियो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल , कपिलवस्तु जिल्ला अस्पतालका मेसु किशोर बञ्जाडे , शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे , कालिका स्वावलम्बनका अर्जुन थापा मगर , बाल अधिकार सदस्य पशुपत्तिमणि त्रिपाठी ,मिना पौडेल खनाल , संचारिका समूहका अध्यक्ष पार्वती आचार्य लगाएतको उपस्थिती रहेको थियो ।
बैठकले छलफलबाट स्थानियतहमा बाल अधिकार सम्बन्धिका बिभिन्न निणयहरु गरेको छ । जसमा स्थानियतहमा बाल समूह संजाल गठन भए नभएको , बाल समूह संजाल गठन , सहजीकरण तथा संचालन सम्बन्धि निर्देशिका वा कार्यविधि बने नबनेको , बाल क्लव सूचिकृत भए नभएको , बालकोष बनेको वा नबनेको र बाल कल्याण अधिकारी तोकिएको वा नियुक्ति भए नभएको बिषयमा स्थानियतहमा माग गर्ने निर्णय भएको छ । जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलको सहजीकरणमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation