


काठमाडौँ- । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् ।निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए । तीमध्ये ७९ दल दर्ता भएको आयोगले जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो ।
अब वैशाख ३० गते हुने निर्वाचनमा ७९ दलले भाग लिन पाउने छन् ।