हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा

गुल्मी । मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्र रहेका एक हजार ५४ घरधुरीमा खरका छाना हटाई जस्तापाता लगाई गाउँपालिकालाई बिहीबार खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो । जसअनुसार वडा १ मा १४१, वडा २ मा १८०, वडा ३ मा १४५, वडा ४ मा ३२, वडा ५ मा १०७, वडा ६ मा ५२ र वडा ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तै एकीकृत बस्तीका १७ घर निर्माण, भूकम्पपश्चात पुनः निर्माण भएका निजी आवास अन्तर्गत १४१, नागरिक आवास अन्तर्गत १२८, जनता आवास अन्तर्गत ७ र नमूना वस्तीका ३२ घर निर्माण गरी कूल एक हजार ५४ घरधुरीलाई खरका छाना मुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो ।
आफूहरुले २०७४ असार २० गते पद वहालीका दिन गरेको पहिलो निर्णय नै गाउँपालिकालाई खरका छाना मुक्त बनाउने निर्णय भएकाले सोहीअनुसार नै कामलाई तिव्रता दिएकाले अहिले घोषणा गर्न सम्भव भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो ।

आफूहरुले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु ९० प्रतिशतभन्दा धेरै कार्यान्वयन भइसकेको भन्दै यस अभियानमा जुट्ने सबैलाई उहाँले धन्यवाद ब्यक्त गर्नुभयो । गाउँपालिका भित्रका नागरिकको घरमा जस्तापाता लगाएपछि आगलागीबाट हुने डर, बर्षायाममा पानी चुहिने समस्या र गरिबीका कारण बर्सेनि घरलाई छाउनुपर्ने अबस्थाको अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।

खरका छाना मुक्त गाउँपालिका घोषणा गर्न जस्तापाता खरिद अन्तर्गत २ करोड ८४ लाख ३७ हजार ४२० रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई बिहीबार गुल्मी क्षेत्र २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण बिष्टले खरका छाना मुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation