


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नगरी एमाले विरुद्ध एक्लै चुनाव लड्न नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका देउवाले नेपाली कांग्रेस पर्साको निर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै गठबन्धन नगर्ने हो भने निर्वाचनमा सफलता प्राप्त हुन नसक्ने बताउनुभयो ।
गठबन्धनकै कारण आफू प्रधानमन्त्री बनेको बताउँदै उहाँले आउने तीन वटै चुनाव गठबन्धनबाट जानुपर्ने धारणा राख्नुभयो ।
देउवाले एमाले व्यापक जनसङ्गठन भएको बलियो शक्ति भएको बताउनुभयो । त्यसैले एमालेको विरुद्ध मिलेरै लड्नु पर्ने उहाँको भनाइ छ । ‘अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ’, देउवाले भन्नुभयो ।
देउवाले एक्लै बहुमत नआउने भएकोले पनि मिलेर चुनावमा जानुपर्ने धारणा राख्नुभयो । पार्टीभित्र एकता कायम गर्दै गठबन्धनलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।