हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कुखुराको मासुको मूल्य फेरि बढ्यो

काठमाडौं – ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको हो ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ संघका सचिव देवकुमार गिरीले भन्नु भयो ।

 

कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको सचिव गिरीले बताउनु भयो । ‘दाना महँगो हुँदा किसान पेशाबाट पलायन भए, बजारमा कुखुरा उत्पादन कम भएपछि मूल्य बढ्यो’ सचिव गिरीले भन्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation