


बुटवल । मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पु¥याएर सम्झौता गरिएको हो । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
उहाँले बिमा कम्पनीहरूका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन पनि आग्रह गरे । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्धति बनाउनुपर्नेमा जोड दिनुभयाे । जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरू भौतिक र आर्थिक रुपले सुरक्षित हुनुपर्ने बताउँदै उनले बिमा कम्पनीहरु पत्रकारका लागि सहयोगी बन्न सक्ने बताउनुभयाे ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्तराज गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना बिमा गरिएको बताए । प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न उहाँले आग्रह गर्नुभयाे ।
राष्ट्रिय बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपानेले पत्रकारहरुको हितका लागि राष्ट्रिय बिमा कम्पनी सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयाे । लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सयभन्दा बढी पत्रकार भए पनि यस अघि जिल्लाको बिमा पोलिसीमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा बिमा गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिनुभयाे ।