हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलनको उद्घाटन शत्र सम्पन्न

कपिलवस्तु । अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलनको उद्घाटन शत्र बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल महिलासंघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा रहेर कार्यहरु गर्दै आएको बताउनु भयो । अखिल महिला संघको १० औं जिल्ला सम्मेलनमा बोल्दै उँहाले यस्तो बताउनु भएको हो ।

अब आउने निर्वाचनमा पार्टीलाई जिताउन अखिल नेपाल महिला संघ तमतयार भएर लाग्न जरुरी भएको बताउनु भयो । तिन तहको निर्वाचनमा नेकपा एमालेको जित निश्चित भएको हुँदा महिला संघका दिदी बहिनीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल नेपाल महिला संघले आ आफ्नो निती नियममा रहेका काम गर्दै आएको बताउनु भयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनु भयो । साथै निर्वाचित कमिटीका पदाधिकारीहरुलाई अग्रिम शुभकामना दिनु भयो ।

यसैगरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही , पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी , अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल , नेकपाका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई लगाएतले आफ्नो मन्तब्य दिनु भयो । साथै अनेम संघका महिला दिदी बहिनीहरुलाई जिम्मेवारीका अगाडी बढ्न आग्रह गर्नु भयो ।

कार्यक्रम अखिल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा पार्टीका नेताहरुको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation