


कपिलवस्तु । हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सो रोगको विरुद्ध औषधी सेवन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्।
स्वास्थ्य कार्यालय, कपिलवस्तु नगरपालिका, फेयरमेड र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनमा तौलिहवामा राखिएको हात्तीपाइलेविरुद्ध औाषधी सेवन शुभारम्भ कार्यक्रमा मन्त्री यादवले औषधि सेवन गर्दै अभियानलाई सफल बनाउने सबैको जिम्मेवारी रहेको बताए।
१३ वर्ष चलाइएको अभियान पछि पनि हात्तीपाइले अझैसम्म निवारण नहुनु दुःखको कुरा भएको उनले बताए। ‘सरकारले चलाएको हरेका अभियानमा साथ दिनु हामी सबैको कर्तव्य हो’ उनले भने। उनले सबै मिलेर हात्तीपाइले रोगविरुद्ध औषधि खाएर अभियानलाई सार्थक बनाउनु पर्ने उनले बताए।
कार्यक्रममा प्रदेश सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्रालाय तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्ट विकास देवकोटा, निर्देशक बिनोद कुमार गिरी, प्रजिअ चक्रपाणी पाण्डेय, उप मेयर लक्ष्मी गुप्ता साउलगायतको टोलीले औषधि सेवन गर्दै अभियान सफल बनाउन आग्रह गरे।
सो अवसरमा प्रदेश सदस्य बिष्णु पन्थीले अभियानलाई जसरी पनि सफल बनाउनु पर्ने बताए। ‘हात्तीपाइलेविरुद्ध लामो अभियान चलाइए पनि ससफल भयो अब यो अभियान नै अन्तिम बनाउनुपर्छ’ उनले भने। मन्त्रालयका सचिव देवकोटाले नागरिकहरुलाई राम्रोसंग बुझाउन जरुरी रहेको बताए।
औषधि सेवन मात्र एक विकल्प रहेको, अभियान बारे प्रतिबद्धता, यो रोगविरुद्धको औषधि सेवन गरे आफू बच्न र अरुलाई बचाउन सकिन्छ भन्ने बारे बुझाउनु पर्ने बताए। उनले यो रोगविरुद्ध एक पटक पनि औषधि सेवन नगरेकाहरुलाई खोजी खोजी औषधि खुवाउनु पर्ने बताए। यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन भएको हो। १३ औ चरण पुरा गरे पनि हात्तीपाइलेको जीवणु अझै फेला पारे पछि अभियान संचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए।
दुई महिना अघि कपिलवस्तुको महाराजगंज र कृष्णनगर नगरपालिका गरी ७ सय ५५ जनामा गरिएको नमुना परिक्षण पछि करिब साढे ८ प्रतिशतमा हात्तीपाइलेका जीवाणु फेला परेको थियो। उनले सबै ९६ वडामा रहेको खोप केन्द्रमा २८ गतेदेखि आमरुपमा औषधि सेवनको अभियान संचालन गरिएको बताए।