हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मानवाधिकार सम्बन्धि राष्ट्रिय कार्यक्रम सम्पन्न

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार” भन्ने मूल आह्वानसहित २०७८ फागुन २७ गते कपिलवस्तुको वाणगंगामा सप्पन्न भएको छ । विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले चार वटा मैनवत्ती प्रज्वलीत गरि राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने .धारणा व्यक्त गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा पैरवी गर्नुपर्ने बताउनुभएको थियो। अतिथेय शाखा कपिलवस्तुका सभापति एबम मूल आयोजक समिति संयोजक गोविन्द पोखरेलले कपिलवस्तु जिल्ला त्रिबुद्ध जन्माउने शान्तिको भूमि भएकोले यहाँबाट बिश्व शान्तिको सन्देश बुलन्द गर्न गर्न शाखा स्थापनाको तेस्रो बर्षमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरि देशभरबाट अधिकारकर्मी हरुलाइ कपिलवस्तु स्वागत गर्दा निकै खुशी लागेको बताउनु भएको थियो। यस कार्यक्रमले मानवअधिकार र शान्तिका क्षेत्रमा महत्त्वपूर्ण प्रस्तावहरु पारित गर्दै मानव अधिकारको आन्दोलनलाई थप उचाइमा पुर्याउनका साथै जिल्लाको पर्यटन बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदुत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले संक्रमणकालिन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य २४ औँ रा.प.बैठक मूल तयारी समितिका संयोजक तथा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले गर्नुभएको थियो ।
यसैगरी फागुन २६ गते राती वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा फागुन २७ गते विहान शान्ति समाज कपिलवस्तु शाखा र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा सिद्दार्थ क्याम्पस प्ररिसरमा सरसफाइ र शान्ति काव्य समेत प्रस्तुत गरिएको थियो । कपिलवस्तुमा जम्मा भएर राष्ट्रिय स्तरको कार्यक्रममा भाग लिन पाउदा आफुहरु उत्साहित भएको सहभागीहरुको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation