हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे नेतृत्वमा रेश्मी

कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पस बाणगंगमा शनिबार सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीकाे अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवन मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा धनेश्वरी घर्ती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा कृष्णप्रसाद खनाल, कुलराज भुसाल, होतराज खनाल, इन्द्रमणि पाण्डे, रमेश पौडेल, गिरीराज पोख्रेल, वेदप्रकाश पन्थी, टुकप्रसाद अधिकारी, शुशीला आचार्य, तुल्सी खनाल, ईश्वरी प्रसाद भुसाल, दिपक प्रसाद भुसाल, गिरीराज पाेख्रेल र अम्बिका अर्याल हुनुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य गिरीधारीलाल न्याैपानेकाे प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्यद्वय बालाराम ज्ञवाली र सिता अर्यालको विशिष्ट आतिथ्यता रहेकाे उक्त अधिवेशनमा नेकपा एमाले प्रदेश सचिवालय सदस्य कृष्ण पाैडेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य शंकर पाण्डे, जिल्ला सदस्य एवं नेपाल बुद्धिजीवी परिषद् सहइन्चार्ज द्रोण अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश उपाध्यक्ष जगन्नाथ मरासिनी, नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण पाैडेल र सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गाेविन्दप्रसाद खनालकाे आतिथ्यता रहेकाे थियाे । अधिवेशन डीवी रेश्मीकाे अध्यक्षता, कृष्णप्रसाद खनालकाे स्वागत र प्रभात विक्रम क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation