हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ

शान्ता बाँस्कोटा कोइराला । शिक्षा, सुविधा, परम्परागत समाजिक मुल्य मन्यताका आधारमा महिला अझै पनि पछाडि छन् । जसकारण विकास र चेतनामा समेत पछाडि परेका छन् । राजनैतिक आन्दोलनमा महिलाको भुमिका ठुलो छ । तर व्यवहारमा, कार्यमा राजनैतिक परिवर्तनले पनि महिलाहरुको लागि सहि रुपमा परिवर्तन पार्न सकेको छैन । अहिलेको परिवेशमा ३ मा १ महिला हिंसामा रहेको देखाउँछन् । आजको २१ औं शताब्दीमा आइपुग्दै हरेका गाँउ सहर देश विदेशमा लैङ्गिक हिंसा विरुद्धमा थुप्रै कार्यक्रमहरु भैसकेका छन् । गोष्ठी, सेमिनार साथै रेडियो, टिभी,पत्रपत्रिका, अनलाईन आदी हरेक स्थानबाट आवाज उठाउदै प्रयास गरेको र सरकारी एवम् गैरसरकारी क्षेत्रले महिला अधिकारका बारेमा चर्चा परिचर्चा गर्दै आएता पनि समस्या जिहुको तिहु देखिन्छ । किनकी महिला हिंसाका घटना घटदै र उजागर हुँदै आएको कोही कसैबाट लुके छिपेको छैन् । हरेक जसो ठाँउ र परिवेशमा महिलाहरु अझै पनि हिंसाको शिकार बन्नु परिरहेको छ । देश विदेश जताततै महिला उत्पिडनका घटना दिनहुँ जसो सार्वजनिक हुँदै आएका छन् । सार्वजनिक स्थानमा मात्रै नभई घरमा होस् , अफिसमा होस् जहाँसुकै महिलाहरु हत्या, हिंसा र बलात्कार जस्तो जघन्य अपराधबाट प्रताडित बन्नु परेको तितो यथार्थताले मानव सभ्यताको जगलाई नै हल्लाई रहेको छ । बाबुले छोरीलाई , दाजुले बैनीलाई, मामाले भान्जीलाई, नजिक मानिएको आफन्तजन र साथीबाट समेत नारीहरु बलात्कृत हुनु जस्तो पाशविक घटना अरु केही होला ? यस्ता अति तुच्छ र दुस्कर्मबाट समाज र देश आक्रान्त हुँदै गर्दा मानविय संवेदना र नारी प्रतिको संवेदनशिलता हराउदै गएको प्रतित गराउँदछ । यसले सिंगो मानव समाजलाई नै गिज्याइ रहेको आभाष हुन्छ । आखिर यस्तो किन भैरहेको छ यो सभ्य समाजले चासो राख्ने बिषय हो । गरिबी, अशिक्षा र कुसंस्कार मात्रै यसको जड होला त । कदापी हुन सक्दैन्, किनकी, आज शिक्षित भनिएकाहरुबाट समेत महिलाहरु सुरक्षित छैनन् । तसर्थ पनि पुरुष मानसिकता वा पृतृसतात्मक सोच पनि यसको कारकका रुपमा रहदै आएको छ । हिंसा भन्ने कुरा सोच र मानसिकता उपज रहेकोले मन वचनले कर्मठ बन्न नसके सम्म १६ दिने लैङ्गीक हिंसाविरुद्धको अभियान मनाएर मात्रै केही हुने देखिन्न ।

अब कुरा गरौं सन्तान जन्माउने कुराबाट । आज तपाई कुन सन्तान जन्म दिदै हुनुहुन्छ त्यहिबाट सुरु हुन्छ हिंसा, घृणा, असन्तुष्टि, मनमुटाव अनि झगडा ।महिलाको जिन्दगीको पाटो यहीबाट शुरु हुन्छ । आज पनि छोरी पाएकै कारण, सन्तान जन्माउन नसकेकै कारणबाट पनि महिलाहरु हिंसा पिडित छन् । के सन्तान जन्माउने, छोरी पाउन सन्तान नपाउने पूर्ण रुपमा महिलाको मात्र दोष हो र ? तर हाम्रो समाज पितृसतात्मक भएकोले गर्दा परापुर्वक कालदेखिनै पुरुषहरु महिलामाथि हावी हुन चाहन्छन् । किनकी महिलाभन्दा फरक छु भन्ने देखाउनकै लागि अपवाद बाहेकका पुरुषहरुले अझै पनि बाबुबाजेबाट पाएको संस्कार बोकेर हिडेको देखिन्छ । यसो भनिरहँदा पुरुषबाट महिला मात्रै होईन् महिलाबाट पुरुष समेत पिडित बन्दै आएको कुरालाई भने हामीले नजरअन्दाज गर्न भने मिल्दैन ।

हाम्रो संस्कार हेरौ । छोरीको लागि सानैबाट बाबुआमाले छोरा र छोरीलाईनै विभेद गरिरहेका हुन्छन् । जस्तो छोरी भएर ठूलो स्वर गर्नु हून्न । छोरीले घरको काम गर्नु पर्दछ । बाहिर गएर ढिला गर्नु हुन्न । आदी । तर, छोराले पनि त ठूलो स्वर गर्नुहुन्न । बाहिर गएर ढिला आउँदा हुन्छ त ? उसले घरको काम गर्न नहुने कहाँ लेखेको छ ? यो हाम्रो संस्कारमा हुर्किएका फल हुन् । त्यहि अडलाई लिएर महिलामाथि हिंसा भएको छ ।
व्यवहारमा छोरा छोरीलाई समानताका साथ हुर्काई बढाई पढाई र समान व्यवहारीक र नैतिक शिक्षा दिनु प्रत्येक आमा बाबुको जिम्मेवारी हो । तर हामि आमा बाबु पनि उस्तै छौं छोराले बुढेसकालमा पाल्छ भनेर छोरीलाई विभेद गर्दैछौ । छोरीले किन पाल्दैनन् र ?आज सबै छोराले कहाँ पालेका छन् त ? कसैले पशुपतिमा, वृद्ध आश्रममा, कसैलाई बाटोमा तिनै छोराले छोडेका छन नी हैन त ? यी रहे हाम्रो हुर्काइएका
तर, दोस्रोमा छोरी बुहारीको ठाँउमा हेर्दा अर्को महिला हिंसा हेर्न सकिन्छ । त्यहि छोरी भएकामा विभेद र बुहारी भए पछिका मानसिक शारीरिक विभेद फरक छ । यसरी छोरीलाई बाबुआमाले माया गर्न नजिकबाट बुझ्ने, सर सल्लाह लिने दिने । आफ्नो पना जति छोरीमा देखिन्छ । त्यहि आमाबुबाले बुहारीलाई गर्ने पूर्ण रुपमा व्यवहार जिम्मेवारी, दया माया, बुझाई गराई फरक भएको देखिन्छ, बुझिन्छ र भोगिन्छ । त्यहि छोरी, त्यहि महिला, त्यहि आमा श्रीमतीलाई व्यवहारीक, मानसिक, सामाजिक, सांस्कृतिक अनि पितृसतात्मक पुरुषहरुको हिंसा भोग्न तयार भएको देख्न सकिन्छ ।
एउटा सानो उदाहरण मेरो छोरीलाई ज्वाईले त सहयोग गर्नु हुन्छ । सरसल्लाह लिने दिने गर्नुहुन्छ । भन्दा कति राम्रो ज्वाई पाएको ? सहयोगी ,बुझकी, मिलनसार छोरी सुख छ भन्न चाहन्छन् । तर त्यहि पुरुष हो – त्यहिका बाबुआमा भन्छन् बुहारीको कुरा सुन्छ । बुहारीलाई सरसहयोग गर्छ , एक अर्कामा समझदारी छन् भन्दा जोइटिङग्रे, श्रीमतीबाट डराको, खाली बुहारीको मात्र कुरा सन्छ । अव हेर्नुहोस् । छोरी र बुहारीका फरह त्यो केले हो ? तुच्छ सोच, ईर्स्या , डाहा, अव्यहारीक मान्यता, संस्कार जस्ता सोच बोकेर समय अनुकुल चल्न नसक्नुको परिणाम हो । तसर्थ तन, मनले हिंसा हटाउने सामाजिक, व्यवहारिक, मानसिक सोच बेगर शारीरिक र मानसिक हिंसामा कमी आउनै सक्दैन् ।

व्यवहार परिवर्तनका लागि सामाजिक, आर्थिक, मानसिक, राजनैतिक लगायत सबै क्षेत्रमा परिवर्तन आवश्यक छ भने प्रत्येक व्यक्ति र घरबाट सकारात्मक सोचको बिजारोपण गर्नुपर्ने खाँचो छ । अन्यथा महिला हिंसा भन्ने कुरा घट्नु भन्दा बढेर जना सक्ने देखिन्छ ।

अब त्यसका लागि राजनैतिक पाटो हेरौं। कानून बन्यो, प्रगति त भयो ।तर, त्यहि कानून कतिको मर्यादित, सम्मानित र परिपालन भएको छ त ! यो समाजमा ? यसमा ठूलो प्रश्न चिन्ह छ । राजनीति गर्न गएका महिलाहरुपनि हिंसा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation