


पछिल्लो समय सिंहदरबारभित्र र कूटनीतिक क्षेत्रमा सुपरिचित नाम हो। पाँच वर्षअघि ओमानका लागि राजदूतको जिम्मेवारी पाउँदा उनको नाममा निकै विवाद थियो। ढकाललाई व्यवसायी र अनुभव नभएको व्यक्ति भनेर धेरैले टिप्पणी गरे। तर जिम्मेवारी पाएपछि सबै टिप्पणी मिथ्या साबित गर्न उनी सक्रिय भइन्। अनि ‘सक्रिय राजदूत’ का रूपमा आफ्नो पहिचान बनाइन्।
अंग्रेजी भाषासाहित्य र व्यवस्थापन (व्यापार) मा स्नातकोत्तर ढकालसँग कूटनीतिको खासै अनुभव थिएन। तर उनले त्यहाँ गएर निर्वाह गरेको भूमिका दिग्गज र अनुभवी कूटनीतिज्ञको भन्दा कम थिएन। त्यतिमात्र होइन, राजदूत रहँदै उनले नेपाल संस्कृत विश्वविद्यालयबाट क्रिस्चियन र हिन्दु दर्शन जोडेर विद्यावारिधि उपाधि लिइन्। कार्यकाल पूरा भएपछि केही महिना थपिएको जिम्मेवारीसमेत सकेर फिर्ता भएकी डा. शर्मिलासँग हिमाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश :
राजदूतमा मेरो नाम सिफारिस भएपछि धेरै विवाद भयो। यहाँले पनि कान्तिपुर दैनिकमा मेराबारेमा टिप्पणी गरेर लेख्नुभयो। यहाँलाई भेट्न म स्वयं पुगेकी थिएँ। मेरा सबै कागजपत्र कार्यालयमा आएर देखाउनुपरेको थियो। आफ्ना बारेमा मैले धेरैतिर स्पष्टीकरण दिनुपर्यो। पासपोर्टको खात बोकेर म शान्त रूपमा प्रस्तुत भएँ। दुईदुई विषयमा स्नातकोत्तर गरेर व्यवसायमा लागेकी , international relations bujeji महिलाले किन दूतावास चलाउन नसक्ने ? Country represent garna nasakne? भन्ने मेरो दाबी थियो। त्यही आधारमा साढे चार वर्ष राजदूतको जिम्मेवारीमा ओमानमा रहेर सफल पनि भएँ।
ओमान भौगोलिक रूपमा नेपालभन्दा दोब्बर ठूलो छ। त्यहाँ २० हजारभन्दा बढी नेपाली श्रम गरिरहेका छन्। म त्यहाँ जाँदा पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो। कांग्रेस र माओवादीको संयुक्त सरकार थियो। आलोपालोअन्तर्गत कांग्रेसले नेतृत्व लिने समय आएको थियो। नभन्दै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो।
नौ जना मन्त्री , prime minister, दुई जना हाइनेससहित ११ सदस्यीय मन्त्रीगणले देउवालाई विमानस्थलमै स्वागत गरेका थिए। चार वर्षदेखि कुनै मुलुकका उच्च अधिकारीले ओमान भ्रमण गरेका थिएनन्। कारण थियो त्यहाँका सुल्तान बिरामी थिए। अहिले ती सुल्तानको निधन भइसकेको छ। नयाँ सुल्तान आएका छन्। नेपाली प्रतिनिधिमण्डलको भ्रमणपछि ओमानमा नेपालबारे चर्चा हुन थाल्यो। सञ्चारमाध्यममा नेपालबारे लेख्न थालियो। अनि त्यहाँ रहेका नेपालीलाई थप हौसला मिल्यो।
हाम्रा खाडी क्षेत्रका राजदूतहरूको सम्मेलन गर्ने विषय चलेको रहेछ। युरोप, अमेरिका जाँदा ट्रान्जिट मुलुकमा त्यस्तो गर्ने प्रचलन पुरानै हो। अन्यत्रबाट भ्रमण गराउन नसक्ने आसय व्यक्त भए र हो या के मिलेन अनि मलाई सोधियो। मैले तत्कालीन परराष्ट्र सचिव हालका मुख्य सचिव शंकर बैरागीजीलाई सक्छु भनेँ। सायद उहाँहरूले पत्याउनु भएन होला। अनि उहाँको उत्तर थियो, ‘तपाईं भर्खर जानुभएको छ, सक्नुहुन्छ र?’ यहाँको निर्देशन पाएमा किन नगर्ने भनेँ। त्यसपछि भ्रमणको तारतम्य मिलाउने काम भएको हो।
चार वर्षसम्म औपचारिक भ्रमण रोकेको ओमानले नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्यो। तर अर्को डेढ वर्ष कुनै भ्रमण गराएन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण भयो। मोदी पहिले नै जान चाहेका भए पनि त्यहाँका भारतीय राजदूतले प्रक्रिया मिलाउन सकेका थिएनन्। भारतीय राजदूतले मसँग भ्रमण गराउन कसरी सक्नुभयो भनेर सोध्दा ठूलै काम पो गरियो कि झंै लागेको थियो। मैले त जिम्मेवारी न पूरा गरेको हुँ। दुईपक्षीय कल्सल्टेसन मेकानिज्म सम्झौतामा हस्ताक्षर भए। पश्चिम एसियाली क्षेत्रमा रहेका नेपाली राजदूतलाई मस्कटमा भेला गरियो। दक्षिण अफ्रिका, इजरायल र पाकिस्तानका राजदूत पनि डाकिए। प्रधानमन्त्री देउवाले सबैलाई निर्देशन दिनुभयो।
कुनै बेला कूटनीतिमा महिलालाई पछाडि राखिन्थ्यो। तर अहिले परराष्ट्र मन्त्रालयमा पनि महिलाको प्रवेश बढेको छ। महिलाले पाएको जिम्मेवारी कुशलतापूर्वक पार लगाएको देखेका छौँ। हामीले गरेको काममा खोट लगाउने स्थान दिएका छैनौँ। म राजदूत भएर जानुअघि नेपालीलाई त्यहाँ annya mulukkA sramik le hepthere अहिले सम्मान पाएका छन्। मेरो काम देखेर नेपालीहरू खुसीले आँसु झार्थे। मैले त्यहाँका पत्रपत्रिका र टेलिभिजनमा अन्तर्वार्ता दिँदा नेपालको प्रचार गर्थेँ। त्यसले पनि हामीलाई चिनायो।
दूतावासमा स्रोतसाधनको उपयोगमा कताकति समस्या देख्छु। त्यसलाई राजदूतले नै समाधान गर्न सक्छन्। राजदूतले हरेक समस्यालाई आफैँले गर्दा समाधान हुन्छ। अर्को कुरा नियुक्तिमा पनि विचार गर्नुपर्छ। दलमा योगदान गरेको पुराना मानिसलाई राजदूत बनाउने अनि आराम गर्ने स्थानका रूपमा लिँदा समस्या भएको कुरा मैले कर्मचारी साथीहरूबाट सुनेँ। राजदूत आफैँ निष्क्रिय हुँदा समस्या आएको हो। बुझेका र अध्ययन गरेका युवा राजदूत हुनुपर्छ। राजदूत पद सम्मान र आराम गर्न पठाउने होइन। राजदूत त २४ घण्टा तयारी अवस्थामा रहने सेना र प्रहरीको जस्तै पद हो।