


काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।