भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

अर्घाखाँची जिल्ला कोरोना मुक्त भए पछि:फेरि पुरानो लयमा फर्कियाे

अर्घाखाँची । अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लामा सक्रिय कोरोना संक्रमित शुन्य रहेको छ ।
कोभिड १९ को महामारीका कारण २ वर्षसम्म ठप्प जिल्ला पूर्ण रुपमा कोरोना मुक्त भएपछि जिल्ला फेरि पुरानो लयमा फर्किएको छ । यस्तै स्थानियबासीमा खुशीयाली छाएको छ ।
जिल्लाभरका उद्योग व्यापार फेरि बिस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन्। जिल्लामा गएको २ वर्ष यता बन्दाबन्दी वा निषेधाज्ञाका कारण व्यापार व्यवसाय लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएका थिए ।
यस्तै जिल्लामा गत फागुन २३ सोमवारदेखि सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। साथै राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालनमा आएका छन् ।
अर्घाखाँची जिल्लामा होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको छ ।
सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर डान्स रेस्टुरेन्ट एन्ड बार, क्लबजस्ता व्यवसाय, होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या ४९६४ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा २१८८ जना, भूमिकास्थान नगरपालिकामा ८०० जना, शितगंगा नगरपालिकामा ५५३ जना, मालारानी गाउँपालिकामा ५८४ जना, पाणिनी गाउँपालिकामा ५२७ जना र छत्रदेव गाउँपालिकामा ३१२ जना संक्रमित रहेका थिए ।

साथै जिल्लामा ४८७० जनाले कोरोना जितेका थिए । जसमा सन्धिखर्क नगरपालिकामा २१५८ जना, भूमिकास्थान नगरपालिकामा ७८४ जना, शितगंगा नगरपालिकामा ५३८ जना, मालारानी गाउँपालिकामा ५६७ जना, पाणिनी गाउँपालिकामा ५१५ जना र छत्रदेव गाउँपालिकामा ३०८ जनाले कोरोनालाई जितेका थिए ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा ९४ जनाको ज्यान गएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation