चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट

काठमाडौ । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला  मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएकाे हाे ।

आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५  वटा घर जलेर नष्ट भएको छ।

स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पोखिन् । खाने खाद्यान्न सामग्री, लत्ताकपडा ,रूपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ।

आगोलाई बारूणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।-सुधा देव/ न्युज कारखाना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation