दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नेपाली कांग्रेसले आजदेखि देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सञ्चालन

काठमाडौं ।  नेपाली कांग्रेसले आजदेखि देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

चैत २९ गतेसम्म एक महिना चल्ने अभियानका क्रममा: कांग्रेसका नेता/कार्यकर्ता जनताका घरदैलोमा पुग्ने कार्यक्रम छ।

कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सुरू गरेको हो।यसका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुने भएकोले त्यसअघि दुई चरणमा घरदैलो अभियान गर्ने कांग्रेसको तयारी छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ।

यस्तै पार्टीका विभिन्न समिति र नेता/कार्यकर्ताबीच समन्वय तथा सौहार्दता वृद्धि अभियानमार्फत् गरिने उनले बताए। सत्यतथ्यको प्रचार र अनेक भ्रमका चिरफार यस चुनावी अभियानमार्फत् सञ्चालन गरिने उनले बताएका छन्।

कांग्रेसले दोस्रो चरणको घरदैलो अभियान भने स्थानीय तहका उम्मेदवारको साथसाथै सुरू गरिने बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation