दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

महाराजगन्जमा ५२५ जना नेकपा एमालेमा प्रवेश , एमाले बलियो बन्दै

महाराजगन्ज । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना काङ्ग्रेस , लाेसपा , जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्द‌ै गएको छ ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लाेकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव , इलाकत धाेबी , सफिक धुनिया , राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्जमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरेले एमाले पार्टी दलित , गरिब , असहाय , मजदुर र आम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको बताईन । महाराजगन्जकाे मुहार फेर्नकाे लागि अब हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबैकाे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टीले नीति नियम बनाएको बताइन् ।

नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उदेश्य लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन । पार्टीमा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ ।
नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा लाेसपा पार्टीकाे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टीमा प्रवेश गरेकाे छु । आज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले आम जनताको हक , अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी भनेको नेकपा एमाले नै जिकिर गरे ।

लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे , कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , कपिलवस्तु अध्यक्ष डम्मर शर्मा , जिल्ला सचिव सि.वी गहतराज , प्रदेश सभा सदस्य अर्जुन के.सी , शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टीमा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टीमा स्वागत तथा बधाई ज्ञापन गरेका हुन ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल , बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे , महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खाँ,सह-इन्चार्ज शिवराम खड्का , मैराज खा ,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेकमणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी सचिव संताेष त्रिपाठीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation