हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पाल्पाकाे सिरुखर्कमा हाइस र बस एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते ,१३ जना सामान्य घाइते

पाल्पा । तानसेन तम्घास सडक खण्डको रिब्दीकोट–३, सिरुखर्कमा बस र हाइस आपसमा ठोक्किदा हुँदा ३ जना गम्भीर सहित १३ जना घाइते भएका छन् । आइतबार दिउँशो साढे ३ बजेतिर पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस र गुल्मीबाट पाल्पातर्फ आउदै गरेको बा ५ ख २२८७ नम्बरको हाइस आपसमा ठोक्किदा १३ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गुल्मी जिल्ला रेसुङ्गा–४, बस्ने वर्ष ७० का हेमलाल पन्थ गम्भीर घाइते हुनुभएको छ । यस्तै कपिलबस्तु जिल्ला बाढगंगा नगरपालिका बस्ने २६ वर्षका सरस्वती कुँवर र नवलपरासी बर्धघाट नगरपालिका–५, बस्ने वर्ष १९ का विशाल नेपाली गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै गुल्मी मुसिकोट २ बस्ने २१ वर्षकी अम्बिका परियार, इस्मा गाउँपालिका–६, बस्ने ७१ वर्षका दीपकला पोखरेल, पर्सा जिल्ला बीरगन्ज १६ बस्ने १८ वर्षका सन्दिप शाह, सोही स्थानका १९ वर्षका आनन्दकुमार सोनार, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–४, बस्ने वर्ष २४ का महेश पन्थी घाइते हुनुभएको छ ।
इस्मा गाउँपालिका ३ बस्ने ६७ वर्षकी शारदा पछाई, सोही स्थानका ६८ वर्षका प्रेमबहादुर पछाई, गुल्मी रुरु गाउँपालिका ५ बस्ने ४० वर्षका विष्णुप्रसाद श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका २ बस्ने २१ वर्षका शिव गाहा दुर्घटनामा परेर घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation