लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

आमाकाे सम्झना

कृष्ण अन्जान रुरु। गएकाे बैशाख महिनाकाे एउटा साँझ पारिकाे गाउँ तिर हेर्दै आमाले भन्नुभाे त्यहाँ दुईवटा घरमा बत्ति बल्न छाडेछन ।
त्यति बेला मैले भनेकाे थिएँ अामा सायद ती घरका मान्छे अन्तै बसाई सरेकि नभए घर कुरेका बा आमा हरुलाई केही भयाे कि ?
आमालाई यहि कुरा भनेकै तीन महिना नहुँदै मेराे घरकाे आशाकाे अामा रुपि बत्ति कहिल्यै नबल्ने गरि निभेकाे छ ।
शहरमा अवसरकाे खाेजिमा भौतारिएर असफल जिन्दगी सहित म गाउँ फर्केकाे करिब दुई वर्ष पूरा हुँदै गर्दा म माथि यति ठुलाे बज्रपात पर्छ भनेर साेँचेकाे थिइन तर साउन पाँच मेरा लागि कालाे दिन बनेर आयाे । याे दिन मैले अामा रुपि भगवान मेराे सहारा आस्था र विश्वास गुमाएकाे छु र एउटा कहिल्यै पूरा नहुने मातृत्व गुमाएकाे छु ।
शहर तिर बाट फर्केर आमाकाे न्यानाे मातृत्व पाउँदा मलाई जीवन जिउन सहजता भएकाे थियाे ।
सायद म एउटा मात्र छाेराे थिएँ शहरमा अवसरकाे खाेजिमा भौतारिएर कुनै उपाय नलागे पछि आमाकाे मातृत्वका लागि गाउँ फर्केकाे थिएँ ।
म लाचार बनेर अामाकाे पाउमा अाफुलाई समर्पण गर्न विवस थिएँ ।सबैका छाेरा हरुले शहरमा घर ठड्याएका थिए गाडि चढेर गाउँमा अाउँथे उनिहरुकाे प्रगति देखेर आमाले कहिल्यै मलाई तिमीले के गर्यौ जीवनमा भनेर साेध्नु भएन ।मैले केही गर्न नसकेको भन्दै अत्मग्लानि गर्दा आमाले जहिले पनि भन्नु हुन्थ्यो भाग्यमा जे लेखेकाे छ त्यहि हुन्छ पिर नगर ।
आमाले त्यसाे भन्दा म मेरि आमा।मा साँच्चै भगवानकाे स्वरुप देख्थे ।
जीवनका कठिन भन्दा कठिन अवस्था अाउँदा पनि मेरी अामाकाे स्वाभावमा कुनै उतार चढाव देखिएन ।सधै अरुकाे बारेमा सकारात्मक कुरा मात्र साेँच्ने मेरी अामाकाे भान्सामा जे पाकेपनि एक्लै कहिल्यै खानु भएन ।
सारा जिन्दगी गाउँमा बिताउँनु भएकी मेरि अामाले गाउँमा कसैलाई नराम्रो भन्नुभएन र कसैका नराम्रा कुरा पनि सुन्नु भएन ।
आमाेले सधै भन्नुहुन्थ्यो बाबू कसैलाई केही नभन्नु कसैसँग नराम्रो नबन्नु ।पछिल्लाे दुई बर्ष आमा सँग निरन्तर बस्न पाउँदा मैले अामा बाट धेरै कुरा सिक्न पाएँ ।आमाकाे धेरै नबाेल्ने बानिले मलाई साह्रै प्रभावित पार्याे ।
म पनि धेरै नबाेल्ने र अझै म नहाँसेकाे धेरै भइसकेकाे थियाे ।सामाजिक सन्जालमा पनि साथिहरुले हाँसेकाे फाेटाे हाल्नुन भनेर लेख्थे तर खाेई किन म करिब तीन वर्ष देखि हाँस्न बिर्सेकाे थिएँ ।गाउँ फर्के पछि पनि म धेरै गुमसुम रहने गरेकाे देखेर आमाले भन्नुहुन्थ्याे यसरी निरास बस्नु हुन्न के भएकाे छ र ? खुसि हुने गाउँ घरमा घुम्ने सबै सँग घुलमिल हुने गर्नु पर्छ ।आमाले यसाे भनेपछि मैले अाफुलाई केही फरक बनाएकाे थिएँ तर अामा बिना मेराे हाँसाे र खुसि सधैलाई खाेसिएकाे छ ।
गाउँ फर्केपछि मातृत्व के हाे मैले यसरी बुझेँ कि सँसारमा निस्वार्थ काेहि हुन्छ भने अामा बाहेक काेहि हुँदैन ।
विहान उठ्न ढिलाे भयाे भने बाबू के भयाे भनेर बिस्तारामै ताताे पानी र चिया लिएर अाईपुग्नु हुन्थ्यो ,विहान गाउँबाट दूध किनेर भए्पनि बिना गाेरस मलाई खाना पस्किनु भएन तरकारी के मिठाे हुन्छ भनेर गाउँ भरि डुलेर पनि ल्याएर पकाएर खुवाउनु हुन्थ्याे ।
जीवनका बहत्तर वर्षमा पनि बिहानै दैलाे लिप्ने घर अाँगन सफासुग्घर चुलाे चौकाे अामा का लगि दिन चर्या थियाे ।
बैनि शुसिलाकाे विवाह पछि अामा नितान्त एक्लाे हुनुभयाे न अामालाई दैलाे लिप्न पकाउन र अन्य घरायसि काममा पालाे दिने काेहि भयाे ।न अाँगनमा नातिनातिना हरुले रमाईलाे गरे ।कति पटक बिरामी हुँदा एक्लै घरमा लतारिई रहनु भयाे तर कहिल्यै गुनासाे गर्नु भएन ।
जीवनमा हजारौं दुखका भारि बाेक्ने मेरी अामाले पछिल्लो पटक यी दुई वर्ष अलि शुखकाे अनुभुति गरे जस्ताे लाग्थ्याे तर खुशिले लामाे समय पूरा गर्न दिएन ।
यहि बिचमा बाबालाई कमरेडहरुले गाेलि हानेर हत्या गरेपछि अामाले एक्लाे अनुभुति गरेपनि सधै भरि मुटुमा अासु लुकाएर बस्नु भाे ।द्वन्द काे पिडामा मलम लगाउने काेहि थिएन भत्केकाे गाेठ बनाउने र घर मर्मत गर्ने सपना सपनै रह्याे ।मैले अामालाई भनेकाे थिएँ तपाईंले भाेट दिएका प्रदिप ज्ञवाली भेट्न अाउनु हुन्छ भनेकाे थिएँ तर जीउँदाे रहँदा सम्म अामाले कुरि रहनु भाे तर सपनामात्र बन्याे त्याे कुराई ।
म यतिबेला तिनै अामाले सिर्जेकाे पुर्ख्यौली थलाेमा छु ।याे माटाेमा अामाकाे पसिना बसाउँछ घरका भित्ताहरु अामाका पसिनाका थाेपाले लिपिएका छन ।
हाे रित्तो छ अामाले छाडेर गएकाे बैभवता । अाँगन रित्तो छ दलान काेठा चाेटा सबै रित्ताे छ अामा तपाईं बिना म रित्तो छु ।गाउँका अामा हरु अाएर अामाकाे राम्रो स्वाभाव का बारेमा कुरा गर्दा अामा गुमाएकाे डाहा हुन्छ ।
घाटमा अामाकाे मृत शरिरकाे अन्तिम सँस्कार गरिरहँदा सायद जीवनमा त्यसरी भक्कानिएर म कहिल्यै राेईन ।अामाले मलाई कहिल्यै रुन दिनु भएन तर अामाकाे निधन मेरालागि अाँसुका भेल बने र छिनछिन भक्कानिन्छु ।अामा अब मलाई कस्ले बाबू तिमलाई केहि भयाे कि भनेर कस्ले साेँध्छ मातृत्वकाे हातले एक मुठि पकाएर कस्ले खान दिन्छ कस्ले मातृत्व ले सिँचित गर्छ अामा ! मैले जे गुमाएकाे छु मन मेराे पाेलेकाेछ जलेकाे छ मेराे मुटु ।म न निदाउन सक्छु न भाेक छ न प्यास ।हाे अामा अब म एक्लै जिउनु पर्छ म माथि हजुरकाे लगानि थियाे र म हजुर प्रति जिम्मेवार छाेराे थिएँ ।तर मैले कसैका लागि केही लगानि गर्न सकिन र म प्रति काेहि जिम्मेवार हुने कुरा भएन ।
मलाई थाहा छ मैले एक्लेै जिउन सिक्नु पर्नेछ तर अामा तपाईंकाे मातृत्व विना म कसरी बाँचम्ला र ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation