वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

१२ औँ कपिलवस्तु महोत्सवः होटल व्यवसायीले दिँदैछन यसरी नौलोपन

कपिलवस्तु। चैत्र ३ गतेदेखि बुद्ध रंगशाला बाणगंगामा हुन लागेको १२ औँ कपिलवस्तु महोत्सवमा होटलमा हुने लडाई बन्द हुने भएको छ । बाणगंगा होटल तथा पर्यटन ब्यवसायी संघले एकमुष्ट रुपमा होटल तथा रेष्टुरेन्ट संचालन गर्ने भएपछि होटल र रेष्टुरेन्टमा हुने अस्वस्थ लडाई बन्द हुने भएको हो । अब दर्शकलाई पनि सहजता हुने भएको छ ।

आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघसंग ब्यवसायीले सम्झ्यौतामा हस्ताक्षर गरिसकेको संयोजक रविन्द्र पौडेलले बताउनु भयो । ‘यस अघिका महोत्सवमा बाहिरबाट ब्यापारी आएर होटल रेष्टुरेन्ट चलाउँथे । ग्राकको स्वास्थ्यलाई ध्यान दिइदैनथ्यो । सडेगलेका खानेकुरा खुवाए भनेर दर्शकले पनि भन्थे संयोजक पौडेलले भन्नुभयो ‘यसपटक त्यो गुनासो आउने छैन ।

किनकि यहाँका ब्राण्डेड र नाम चलेका होटल ब्यवसायीले स्टल चलाउँदै छौँ । त्यहाँ गडबडी भएमा यहाँको होटलको ब्राण्ड बिग्रने छ ।’
स्टलमा हुक्का बार, चिकन स्टेसन न्यू, आइसक्रिमको छुट्टाछुट्टै व्यवस्था हुने छ भने मम, चाउमिन लगायत खाजाका परिकार पनि नयाँ ढंगले सजाइने बताइएको छ । संघले यसको ब्यवस्थापनको लागि समिति र उपसमिति बनाएर काम गरिरहेको छ ।

ग्राहकले सोझै किनेर खान पाउने छैनन् काउण्टरमा गएर टोकन लिइसकेपछि मात्र आफूले चाहेको खानेकुरा खान पाउने छन् । यसपटक मेरो पसलमा आऊ, मेरो पसलमा भन्दै दर्शकलाई तानातान गर्ने परिपाटी बन्द भएर दर्शकलाई सहज हुने महोत्सव सहसंयोजक तथा मायादेवी रिसोर्टका संचालक वीरेन्द्र श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । स्टलमा होटलको नाम नभएर परिकारको नाम राखिने जनाइएको छ । साथै नेपाली मौलिक परिकारलाई पनि प्राथमिकता दिइने व्यवसायीले जनाएका छन् ।

यो अभ्यास मुलककै लागि नौलो भएको आयोजकले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यसबाट ब्यवसायीलाई मात्र नभएर आफूहरुलाई पनि सजिलो भएको बताउनु भयो । नगरमै अर्थतन्त्र सुरक्षित हुनु पनि यसको अर्को फाइदा भएको उहाँको भनाई छ । अहिले बुद्ध रंगशालामा महोत्सवको धमाधम तयारी अघि बढेको निर्देशक छवि रेश्मीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation