


पारमिताको मानव जीवनमा निकै ठूलो महत्व रहको बौद्ध साहित्यहरुमा उल्लेख गरीएको छ । पारमिताको अभ्यासले यस जीवनलाई मात्रै होईन भावी जीवनलाई समेत सुख र शान्ति प्रदान गर्छ भन्ने विश्वास गरीन्छ । पारमिताको अभ्यासले समाजमा शान्ति, सद्भाव, सहयोग र असल संस्कतिको निमार्णका लागि महत्वपूर्ण मार्गदर्शन गर्न सक्छ । यसका साथ साथै पारमिताको अध्ययन र अभ्यासको कारण पाठकहरुको दैनिक जीवलाई समेत थप सुखमय र शान्तिमय बनाउनका लागि सहयोग पुग्ने अपेक्षा राखिएको छ, त्यसैले यसलाई विगतका केही अंकहरुदेखि प्रकाशन गर्ने प्रयास गरीएको छ भने बाकी पारमिताका अंगहरुलाई
९. मैत्री पारमतिाः
मैत्री भन्नाले सामान्यतया मित्रता भन्ने बुझिन्छ । अर्को अर्थमा मैत्री भन्नाले कुनै पनि ब्यक्ति वा प्राणी वा वस्तुसंग प्रेमभाव प्रकट गर्नु भन्ने बुझिन्छ । अर्थात सबै प्राणीहलाई समभावले हेर्नु र ब्यवहार गर्नु भन्ने बुझिन्छ । मैत्रीलाई अति स्नेह वा रागको रुपमा भने हेर्नु हुदैन । राग भएको अवस्थालाई मैत्रीको रुपमा हेर्नु हुदैन । क्रोध विरुद्धको असल कार्यलाई मात्र मैत्रीको रुपमा बुझ्नु पर्दछ । राग र द्घैष रहित प्रेमभाव मात्रै मैत्री हो । मैत्रीले सबै प्राणीहरुको हितको पक्ष भएर हेर्न सहयोग गर्दछ । त्यसैले सबैको हित र सुख हुने क्रोध रहितको स्नेह नै मैत्री पारमिता हो ।
जुन सुकै ब्यक्तिले आफु खुसी र सुखी हुने इच्छा राख्दछ । मैत्री भावराख्ने ब्यक्तिले मलाई जस्तो सुख वा खुसी अरुलाई पनि मन पर्दछ र अरुलाई पनि खुसी हुने इच्छा राख्दछ भन्ने सोच राख्नु पर्दछ । नराम्रो वा दुःख कसैलाई पनि मन पर्दैन भन्ने कुरा राम्रोसंग जान्दछ । मलाई परेको दुःख अरुलाई नपरोस र मलाई प्राप्त भएको सुख अरुलाई पनि प्राप्त होस भन्ने भावना राख्नुलाई मैत्रीभाव भनिन्छ । यस्ता भाव राख्ने ब्यक्तिले गरेको अभ्यासलाई मैत्री पारमीताको रुपमा लिईन्छ । यसले ब्यक्तिको जीवनलाई सुख र शान्ति प्राप्त हुन्छ भने परलोकका लागि समेत पुन्यसंचय हुन्छ भन्ने विश्वास गरिन्छ । बौद्ध साहित्यमा उल्लेख गरीए अनुसार मैत्री पारमिताका निन्न फलहरु प्राप्त हुन्छन्,
क. सुखं सुपति (सुखपूर्वक सुत्दछ)
ख. सखि पटिबुज्झति ( शान्तपूर्वक उठ्दछ)
ग. नपापकं सुपिनं पस्सति (नराम्रो सपना देख्दैन)
घ. मनुस्सानं पियो हाति (मानिसहरुको प्रिय हुन्छ )
ङ. अमनुस्सानं पियो हाति (अमुस्यहरुलाई पनि प्रिय हुन्छ)
च. देवता रक्खति (देवताहरुले रक्षा गर्दछन्)
छ. नास्स अग्गि वा विसं वा सत्थं वा कमति ( विष, आगो र शस्त्रले छुदैन)
ज. तुवटं चित्तं समाधियति ( छिट्टै चित्त एकाग्र हुन्छ )
झ. मुख बण्णोविप्सीदति ( अनुहार सुन्दर देखिन्छ)
ञ. असंमूलहो कालं करोति (विस्मृतिले नभई होसपूर्वक मृत्यू हुन्छ)
ट. उत्तरिं अप्पटि विझन्तो ब्रह्मलोकुपंगो होति ( सुतेर उठ्ने मानिस जस्तै मृत्यू पछि ब्रह्मलोकमा बास हुन्छ )
१०. उपेक्षा पारमीताः
उपेक्षाको अर्थ उदासनिता, विरक्ति, घृणा, अनादर र त्याग भन्ने बुझिन्छ । तर उपेक्षा पारमिता स्नेहि प्रतिपाक्षि नहुनु र बैरी प्रति आफ्रनो चित्तमा शुभ वा अशुभ भाव नजगाउनु हो । कसैले पनि आफूलाई हितोपकार गरेता पनि उ प्रति विशेष अनुरक्त नभएर बस्नु हो । उपेक्षाको भाव भनेको धेरै सुख वा दुखमा पनि कुनै प्रकारको राग वा द्घैषको अवस्थामा पनि समभावमा रहिरहनु हो । शत्रु भनेर विरुद्धमा हुनु र मित्र भनेर पक्षमा हुनुलाई उपेक्षा भनिदैन । उपेक्षाको मुख्य लक्षण वा स्वाभाव भनेका मध्यस्थ रुपमा बस्नु हो ।
आशा, क्रोध, भय र मोहको बशमावाट मुक्त भई मध्यस्थभावमा वसी उपेक्षाको अभ्यास गर्नाले उपेक्षा पारमिताको प्राप्ती सम्भव हुन्छ । उपेक्षा स्वभाव भएका ब्यक्तिहरु लाभ अलाभ, यस अपयस, निन्दा प्रशंसा र सुख दुःख सबै कुराको उपेक्षा गर्न सक्छन् । यसलाई बौद्ध साहित्यमा यसरी पनि उपेक्षाभावलाई उल्लेख गरिएको छ । आपत्तिं नाभि नन्दति, पक्कमत्ति. न सोचति अर्थात आयो भनेर सन्तोषि हुदैन, गयो भनि भनेर शोक गर्दैन ।
उपेक्षा भावको ब्यक्तिको स्वभाव, जंगलमा बस्ने सिंह जंगलकै अर्को कुनै पशु कराउदैमा भयभित हुदैन, हावा लाग्दैमा जालमा अल्झिदैन, कमलको फुल पोखरीको पानीमा टासिदैन, जस्तो हुन्छ । त्यसै गरी उपेक्षा पारमिताको अभ्यास गरेको ब्यक्ति वा बोधिसत्व आफ्नो गुणको बर्णन र अवगुणको वयानमा भयभित वा अनुत्तर हुदैनन् । अरुलाई दुःख हुदा दुःखी हुदैनन् । अरु सुखी हुदाँ इश्यालु पनि हुदैनन् । यस्तो अभ्यास गरेको बोधिसत्वहरुले सके सम्म उपकार गर्ने कोशीस गर्दछन् । अरुको हितका लागि विभिन्न प्रयत्नहरु जारी राख्दछन् । यस्ता उपेक्षा पारमिताको उपेक्षा गरेका ब्यक्ति दुःिख पनि हुदैनन् र दिक्क पनि मान्दैनन् ।
उपेक्षा भावका ब्यक्तिहरुका निम्न गुणहरु हुन्छन् भनि बौद्ध साहित्यहरुमा चर्चा गरीएको पाईन्छ ।
१. षडंगोपक्खा (आखाँले रुप देखेर प्रशन्न पनि हुदैनन र उदास पनि हुदैनन् ।
२. ब्रह्मविहारुपेक्खा ( मध्यस्थभावले बस्ने उपेक्षा)
३. बोझगुपेक्खा (विवेकयुक्त उपेक्षा)
४. विरियपेक्खा ( संस्कारको उपेक्षा)
५. बेदानुपेक्खा (सुख दुखलाई समभावले हेर्ने)
६. संखारुपेक्खा ( संस्कारको उपेक्षा)
७. विपस्सानुपेक्खा (मध्यस्थ हुने उपेक्षा)
८. तत्रमजझतुपेक्खा ( आफुसंग उत्पन्न हुने धर्मको उपेक्षा)
९. झानुपेक्खा (ध्यान उपेक्षा)
१०. पारिसुद्धुपेक्खा (विपरित धर्ममा उपसमथमा नटासिने परिशुद्ध उपेक्षा)
११. कम्मरस्सकुपेक्खा (सारा प्राणीहरु कर्मस्वक हुन भनि गरिने उपेक्षा)
सबै ब्यक्तिहरुमा बोधिसत्वको गुण हुन्छ । गौतम बुद्ध पनि बुद्धत्व प्राप्त गर्नु भन्दा पहिले बोधिसत्वको रुपमा हुनुहुन्थ्यो । वाहाँले यि पारमिताहरुको अभ्यास गर्दै जाँदा बुद्धत्व प्राप्तगर्नु भएको थियो । त्यसैले हामी मानव जातीहरुले पनि यि दश पारमिताहरुलाई दैनिक जीवनमा उतार्ने कोशिस गरौ बुद्धको मार्गमा अघिवढ्न सहयोग पु¥याउदछ । पारमिताहरुको अभ्यासले यह लोकमा शान्तिपूर्वक र निर्वाणको मार्गमा अघिवढ्न अभिपे्ररित गर्दछ ।
भवतु सब्ब मङ्गलम् .