हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

जिल्ला प्रशासन कार्यालय गुल्मीकाे अयाेजनामा विपत व्यवस्थापन कार्यक्रम सम्पन्न

गोकर्ण पाण्डे गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीकाे अयाेजनामा विपत व्यवस्थापन कार्यक्रम मंगरबार जिल्ला प्रशासन कार्यालयकाे सभा हल मा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्लामा डढेलाे लाग्नु र बाढि पहिरो आउनु भन्दा पहिलै साबधानी अपनाउनका लागि कार्यक्रम गरिएको हाे।
जिल्ला प्रशासन कार्यालय का प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले विपत आउनु भन्दा पहिले नै तयारी मा लाग्नु पार्ने बताउनु भएकाे छ। स्थानीय सरकार र डिभिजन वन कार्यालयका प्रमुख लाई ध्यान दिन आग्रह गर्नु भयाे।विपद् खबर नगरि आउने पौडेल ले बताए।

जिल्ला समन्यन समितिका प्रमुख लक्ष्मण पराजुलीले डिभिजन वन कार्यालय गुल्मी लाई डढेलाे नियन्त्रणमा लाग्न आग्रह गर्नु भएकाे छ। यस भन्दा अगाडिका बर्षमा डढेलाे बढि लागेको हुनाले यस बर्ष आगाेलागी राेक्न पराजुलीले डिभिजन वन कार्यालय लाई आग्रह गर्नु भयाे। उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयाे। पराजुलीले जिल्ला वन कार्यालय लाई डढेलाे सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम आयाेजना गर्ने आग्रह गर्नु भयाे।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सपकाेटले जनशक्तिको आभावमा पनि विभिन्न काम भै रहेकाे बताउनु भयाे। उहाँले डढेलाे सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने पनि बताउनु भयाे।
जिल्लाका राजनीति दलका नेताहरू ले रेसुङ्गा वन क्षेत्रमा चाेरि निकासी बढिरहेकाे ले यसलाई राेक्नकाे लागि जिल्ला वन कार्यालय लाई ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी पुण्य बिक्रम पौडेल साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल विभिन्न कार्यालयका प्रमुख स्थानीय तहका अध्यक्ष हरु विभिन्न राजनिती दलका नेताहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation