दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं ।सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्ले आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको हो।

‘मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ’, सूचना तथा सञ्चार प्रविधि मन्त्रीसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ।

संसद चल्न नसकेको अवस्थामा सरकारले चालु संसद अधिवेशन अन्त्य सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation