हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गरिव श्रीमान छोडेर श्रीमती धनीसँग पोइला गएपछी . .. (भिडियो सहित )

भनिन्छ नी मिहिनेत गर तर फलको आशा नगर भनेर त्यसो त कुनै काममा लगातार मिहनेत गरिरहेको फल आफ्नै हात पर्छ । गोरखा जिल्ला बारपाक सुलिकोट गाऊपालिका वडा न ८ का कपिल देवकोटा यसको एऊटा उदाहरण हुन् । वि.स. 2076 सालमा अर्जुन गौतमका निर्देशनमा बनेको एन.टि.भी प्लसबाट प्रशारण हुनेकुरा मात्र भो टेलिसिरियलमा नेताको पि.ए.को भुमिकाबाट कलाकारितामा प्रवेश गरेका देवकोटाले हल्का रमाईलो, तिरिमिरी, यो कस्तो भाग्य, यो कस्तो समाज, बुहारीको पिडा लगायत थुुप्रै विभिन्न सिरियस र सर्टमुभीहरुमा अभिनय गरिसकेका छन् ।
आफुले विभिन्न ठाऊँमा अभिनय गरेको अनुभवको आधारमा आफ्नै लेखन, निर्देशन तथा लगानीमा देवकोटाले फिर्के सिरियल निर्माण गरेका छन् , जुन प्रत्येक शनिवार बेलुकी ७:०० बजे Kapil Devkota Youtube Channel मार्फत दर्शकसामु आऊने गरेको छ । काठमाडौंको उत्तरी भेगमा पर्ने तल्लो भेडीगोठको सेरोफेरोमा भाग एक देखी लगातार छांयाकन भै रहेको फिर्के पन्ध्रौ भाग दर्शकसामु ल्याई सकेर सोरौ भाग छांयाकनको तयारीमा रहेको छ । फिर्के सिरियलमा गरिव परिवारमा रहेको इमान्दार लगनशिल कडा परिश्रम गर्ने व्यक्तिको परिवारिक समस्याबाट सुरु हुन्छ ।
विहान वेलुका छाक टार्न नसक्दै गर्दा साहुले रिन माग्न आएपछि फिर्केको श्रीमती पोईला जान्छे, केहि दिनमा छोरा पनि शहरतीर कामको खोजीमा जान्छ अनि शुरु हुन्छ फिर्केको जिन्दगीले दर्दानक अवस्था जुन थाहा पाऊन सवैले फिर्के सिरियल हेर्नै पर्छ । समाजमा महिला मात्र होईन पुरुष पनि पिडित हुन्छन् जुन पिडा उसले कसैलाई भन्न सकिरहेका हुदैनन् र समाजले उसको महिलाको भन्दा हल्का रुपमा लिइरहेको हुन्छ भन्ने मार्मिक सन्देश सिरियलले दिएको छ। कलाकारहरु फिर्केको भुमिकामा कपिल देवकोटा आफै छन् भने पोईला जाने श्रीमतीमा मिना जी.सी, छोरामा सुनिल भट्टराई, वडा अध्यक्षमा वविन्द्र कार्कि, वडा अध्यक्षको छोरीमा जिया गजमेयर, गाऊरो जान्नेबुझ्नेमा मदन निरौला, फिर्केको श्रीमती लैजाने गाऊँको धनी व्यक्तिमा अभिराज खाती अञ्जान र उनको छोरीमा रविना लामा छन् त्यस्तै युवा कलाकारमा प्रविन बरामले सशक्त अभिनय गरेका छन् ।
नेपाली समाजमा श्रीमतीले श्रीमानलाई धेरै दु:ख र पिडा दिएको हुन्छ भन्ने भावनाले राज गरिरहेको अवस्थामा कतिपय श्रीमतीले श्रीमानहरुलाई दु:खमा साथ नदिई छोडेर हिडिदिदा श्रीमानले पाऊने दु:ख कस्तो हुन्छ भन्ने कुरा दर्शकहरुले यस सिरियलमा देख्न सक्नु हुनेछ । सबै जनाले यो सिरियल हेरेर आनन्द लिनुहोला तथा आवश्यक सुझाव सल्लाह दिई सहयोग गरिदिनु हुन सबैमा निर्देशक देवकोटाले विनम्र अनुरोध गरेका छन् ।
फिर्के सिरियल को भाग १५ हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation