हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा क्षेत्री निर्वाचित

कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कमल क्षेत्री (क्ष्ःभ्) सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) को बलियो जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कपिलवस्तुको १० औँ जिल्ला अधिवेशनबाट क्षेत्री सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

जिल्ला भरका पार्टीमा आवद्ध सम्पुर्ण युवाहरुलाई संठित गर्दै पार्टीलाई मजबुत र बलियो बनाउनका लागि सक्षम नेतृत्व आवश्यक पर्ने भएकाले क्षेत्रीलाई अध्यक्षको जिम्मेवारी दिईएको पार्टीको नेतृत्व तहले बताएको छ ।

करिव २ दशक देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका कमल क्षेत्री एमाले कपिलवस्तुको जिल्ला कमिटि सदस्य पनि हुनुहुन्छ ।

वि.स.२०६४ साल देखि अनेरास्ववियुमा संगठित भई राजनीति सुरु गर्नुभएका क्षेत्री राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा पार्टीको तर्फबाट जिल्ला युवा सह–ईन्चार्जको जिम्मेवारी पनि सम्हाल्नु भएको छ ।

अध्यक्षमा सर्वसम्मत भएसंगै अध्यक्ष क्षेत्रीले सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचन गराउनुहुन सहयोग गर्नुहुने अध्यक्ष मण्डल, अग्रज नेता तथा जिल्ला भरीका सम्पुर्ण प्रतिनिधिहरुमा हार्दिक आभार व्यक्त गर्दै सबै युवाहरुलाई समावेश गरि संगठनलाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गनूृभयो ।

शपथ ग्रहण गर्दै उहाँले विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र निष्क्रिय रहेका युवाहरुलाई राजनीतीमा पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफु अगाडि बढ्ने बताउनुभयो ।

 

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका क्षेत्री युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । राजनीतमिा सबै युवावर्गहरुको पहुँच अझै नपुगेकाले युवावर्गहरुको सामाजिक रुपान्तरणमा आफुले अहम भुमिका निर्वाह गर्ने क्षेत्रीले बताउनुभयो ।
क्षेत्री अध्यक्ष भएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation