हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन

कपिलवस्तु । कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार फागुनको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किराना सामग्री, सवारीसाधन, लत्ताकपडा र नदीजन्य पदार्थतर्फ उक्त रकम संकलन भएको हो । ट्राफिक कारबाहीबाट १९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कपिलवस्तु प्रहरीले फागुनभरमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फागुनमा ७४ मुद्दा दर्ता भएकोमा ४६ वटा फछ्र्योट गरेको छ । यसमा बीचमा जिल्लामा १५ जनाले आत्महत्या गरेका छन् । प्रहरीले फागुनमा १२ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

यसबीचमा कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् । यशोदाको गत १० मंसिरमा हत्या भएको थियो । सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो । एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ । पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आफ्नै १२ वर्षीया सौतेनी छोरीको हत्या गरेको आरोपमा बाणगंगा नगरपालिका–१ उत्तमनगर निवासी सीता नेपाली पक्राउ परेकी छन् । हातहतियार, लागूऔषधसहित पनि कपिलवस्तु प्रहरीले अन्य व्यक्तिलाई पनि यस अवधिमा पक्राउ गरेको छ । फागुनमा आन्तरिक शुद्धीकरणतर्फ प्रहरी हवल्दार १ जनालाई नसिहद र प्रहरी जवान ७ जनामध्ये ६ जनालाई नसिहद तथा १ जनालाई सुरुको स्केल घटाइएको छ । उक्त अवधिमा एक जना प्रहरी निरीक्षक, १ हवल्दार र ५ प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुरक्षा संवेदनशीलताका सम्बन्धमा थप सूचना संकलन गरिने, फरार प्रतिवादीहरुको खोजी कार्यलाई निरन्तरता दिइने, जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिइने, लामा दुरीको गस्ती बढाइने, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने बताए ।

पुराना फछ्र्योट हुन बाँकी पेन्डिङ मुद्दा अनुसन्धान कारबाहीलाई आगामी कार्ययोजनामा राखिएको उनले बताए । सीमा अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा एआरपी तथा प्रहरी क्रियाकलापमा वृद्धि गराई सूचना संकलन गरिने एसपी कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation