हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

सिंहदरबार हिनेका राेल्पाका जनप्रतिनिधिले मुक्तिनाथमा नुहाए

राेल्पा।रोल्पाको माडी गाउँपालिका–५ का जनप्रतिनिधिमाथि सरकारी बजेट हिनामिना गरेको आरोप लागेको छ । वडाध्यक्षसहित त्यहाँका सबै जनप्रतिनिधि अन्तरपालिका कार्यकालको अन्तिम क्षणमा अवलोकन भ्रमणमा निस्केपछि विपक्षीहरुले सरकारी रकम दुरुपयोगको आरोप लगाएका हुन् ।

वडाध्यक्ष भरतबहादुर बुढाको नेतृत्वमा पाँच जनाको टोली फागुन २५ गते एक हप्ते भ्रमणका लागि रोल्पाबाट निस्किएको थियो । वडाध्यक्ष बुढा, कार्यपालिका सदस्य सविता घर्तिमगर, वडासदस्य रत्नबहादुर डाँगी, गौरी परियार र वीरबहादुर घर्तिको टिम रातो स्कर्पियो भाडामा लिएर रोल्पा, रुकुम, कास्की, बाग्लुङ, बेनी हुँदै अस्ति काठमाडौं आइपुगेका थिए । उक्त भ्रमणलाई आलोचकहरुले सेवाग्राहीलाई मर्का पर्ने गरि वडा कार्यालयमा ताल्चा लगाएर जनप्रतिनिधिहरु सरकारी रकममा घुम्न हिँडेको भनेका छन् ।

तर, वडाध्यक्ष बुढाले भने सरकारी खर्चमा भ्रमण गरेको आरोपमा कुनै सत्यता नभएको बताए । भ्रमण गरेको स्वीकार गर्दै उनले काम विशेषले काठमाडौं आउनु परेको र ‘रिफ्रेसमेन्टका लागि आफ्नै खर्चमा केही ठाउँ घुमेको,’ स्वीकार गरे । ‘कार्यकालको अन्त्यतिर छौँ । यत्रो समय काम गरियो, रिफ्रेस हौँ न त भनेर काठमाडौं आउँदा बाटो परेकाले एक हप्ताको समय लिएर पूर्वनिर्धारित कार्यक्रमअनुसार केही ठाउँ घुम्दै आएका हौँ’, अस्ति काठमाडौं आइपुगेका उनले भने, ‘सरकारी रकम खर्च गरेर घुमेको होइन । यो राजनीतिक पूर्वाग्रहका आधारमा छरिएको भ्रम मात्रै हो ।

उनले संघीय सरकारका मन्त्रीहरुसँग भेटघाट गरेर केही योजनाका विषयमा छलफल गर्न काठमाडौं आउँदा घुम्दै आएको प्रष्ट्याए । रोल्पाको परिवर्तन, थवाङ्ग, रुकुमको भूमे गाउँपालिका घुमेर बेनी, पोखरा, मुक्तिनाथ हुँदै काठमाडौं आएको र सोमबार जिल्ला फर्कने कार्यतालिका रहेको वडाध्यक्ष बुढाले आइतबार सुनाए ।

तर, आरोप लगाउनेहरुले भने वडाबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर उनीहरु भ्रमणमा निस्किएको बताएका छन् । चुनाव घोषणा भइसकेको र कार्यकाल समाप्तितिर आइपुग्दा विनियोजित बजेट सक्न अनुत्पादक घुमघाममा खर्च गरिएको उनीहरुको दाबी छ । भ्रमण टोलीकै एक सदस्यले मुक्तिनाथमा नुहाउँदै गरेको फोटो फेसबुकमा राखेपछि प्रतिस्पर्धीले मसला पाएको वडाध्यक्षको भनाइ छ ।

वडा कार्यालय नै खालि हुनेगरी भएभरका सबै जनप्रतिनिधि घुम्न निस्किएपछि सेवाग्राही भने मर्कामा परेका छन् । सार्वजनिक सूचनासमेत नगरी वडा कार्यालयमा ताल्चा लगाएर जनप्रतिनिधिहरु घुम्न निस्किएपछि वडामा वडाध्यक्षले भने कार्यपालिका सदस्य धनबहादुर कामीलाई कार्यवाहक सुम्पेर हिँडेकाले विपक्षीले भनेजस्तो सेवाग्राहीको काम नरोकिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation