चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

रोल्पा ।नेकपा (माओवादी केन्द्र) लुम्बिनीले विवादित छविका वीरबहादुर खत्रीलाई प्रदेश उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ।

अनियमिततादेखि दुई वटा फरक–फरक नामबाट नागरिकता लिएको आरोप लागेका उनी पार्टीको प्रदेश उपाध्यक्ष चुनिएका हुन्।

खत्रीले फरक नामबाट दुई वटा नागरिकता लिएको भन्दै २०७४ सालमा स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी हालेका थिए।

उनै खत्रीलाई पार्टीभित्र चर्को विरोधका बीच माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले उपाध्यक्ष बनाएको रोल्पाका एक नेता बताए।

उजुरीमा २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको भन्दै छानबिन गरि कारबाहीको माग गरिएको छ।

स्थानीय पुनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुबै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

स्रोतकाअनुसार प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुई वटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको गर्‍यो। तर, उजुरी परेको चार वर्ष बितिसक्दासमेत छानबिन प्रक्रिया जहाँको त्यहिँ अड्किएको स्थानीयहरूको गुनासो छ। सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको गंगादेव वासीले आरोप लगाएका छन्।

खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट दुई फरक–फरक नामबाट दुई वटा नागरिकता लिएको पुष्टि गरेको छ।

कार्यालयको रेकर्डमा उल्लेख भएअनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका छन्। जसमा जन्म मिति २०४४ साउन १४ गते उल्लेख छ। दोस्रो नागरिकता भने २०४६ वैशाख २५ गते नागरिकता टोलीमार्फत लिएको रेकर्डमा देखिन्छ।

मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ।

नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation