हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गुल्मीकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरामा एक घर एक धारा,,घरमै पानी आएकाे देखेर स्थानीय खुसि

गोकर्ण पाण्डे गुल्मी । गुल्मीकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरा मा एक घर एक धारा भएको छ। निर्वाचनको समयमा मतदातालाई जनप्रतिनिधिले ४ वर्षको प्रयास पछि स्थानियको घर घरमा खानेपानीको धारा ल्याउन सफल भएका छन् ।
गुल्मी जिल्लाकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरामा आठमाने ढकुरा लिफ्ट खनेपानी आयाेजनाकाे उद्घाटन गरिएको छ।
पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण राज बिष्टले खानेपानी आयाेजनाकाे उद्घाटन गर्दै पानी बाेक्दा आङ खस्ने महिलाहरू लाई घर छेउमै पानी खस्दाकाे खुसि पुरुष लाई कम महसुस हुने बताउनु भयाे।पानी लाउन सहयाेग गर्ने जनप्रतिनिधि र खानेपानी समितिका अध्यक्ष र समिति लाई धन्यवाद दिनु भयाे। बिष्टले इश्माका प्रत्येका वडामा खानेपानी पुराइने बताउनु भयाे।
एक घर एक धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उदेश्यले गाउँपालिकाले खानेपानी आयाेजना सञ्चालन गरेकाे थियाे। खानेपानी आयाेजना पुस २०७५ मा सम्झौता भई माघ २०७९ मा सम्पन्न भएको थियाे। चालिस लाखकाे लागतमा साे आयाेजना सम्पन्न भएको खानीपानी समितिका अध्यक्ष ले बताए।
इश्मा गाउँपालिका का मानिस हरु घर नजिकै पानीका मुहान नहुदाँ एक गाग्री पिउने पानी ल्याउनकै लागी बिहान र बेलुकाको समय खर्चिन बाध्य थिए। एक गाग्री पानी ल्याउनकाे लागि टाढा जानु पार्ने अहिले आफ्ना आखाँ अगाडी नै घरमा निर्माण गरिएको धाराबाट पानी खसेको देख्दाँ स्थानिय खुसी भएको बताए। गुल्मी इस्मा गाउँपालिका वडा नं ३ टाकुरा बासीले घर घरमै खानेपानीको धारा आउला भन्ने कल्पना समेत गरेका थिएनन्। जसले गर्दा हिजो आज टाकुरा बासीको दैनिकी नै फेरिएको छ । स्थानीयले घरमै पानी आएकाे खुसियालीमा स्थानीय सरकार लाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation