लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

यूएईसँग नेपाल ४८ रनले पराजित

काठमाण्डौ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स ९यूएई० सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० रनमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र सोमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहोर खान र रोहन मुस्तफाले एक–एक विकेट हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायो । यूएईका लागि रोहन मुस्तफा र चुन्दनग्यापोएल रिजवानले समान ४०/ ४० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकरएक विकेट लिए ।

अङ्क तालिकामा नेपाल १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अङ्कका साथ पाँचौँ स्थानमा छ । यूएई १६ खेलमा नौमा जित र पाँचमा हारसहित २० अङ्कका साथ दोस्रो स्थानमा छ ।

ओमान २७ खेलमा १७ मा जित र आठमा हार सहित ३६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।

अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation