हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतले फिर्ता गर्यो

काठमाण्डौ ।
नेपालबाट सन् १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो ।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाण्डौ हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाण्डौको ओमबहाल मञ्जु श्री मन्दिरबाट हराएको थियो ।

मूर्तिको वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नेपालको पुरातत्त्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी दिनुभयो । ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा । इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकोमा आफूलाई गर्व लागेको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation