हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पाटी र जनताको निम्ति मोर्न पनि तयार छु सभापति केशव श्रेष्ठ

कमला घिमिरे पाणिनी  ।अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वार्ड नम्बर ६ ठुलापोखरामा नेपाली काङ्ग्रेसको भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमा बोल्दै जिल्ला सभापति केशब श्रेष्ठले सबथोक भन्दा पहिलो कुरा भनेकै मेरो पाटी हो र पाटिको निम्ति मोर्न पनि तयार छु!र
प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र ल्याउने पार्टी नेपाली काङ्ग्रेस रहेको जनाएका छन ।
श्रेष्ठले नेकपा एमाले सचीव टोपबहादुर रायमाझीमा कुनै लाज नभएको जनाएका छन । १५ वर्षको अवधीमा टोपबहादुर रायमाझीले जिल्लामा विकास भन्दा बढी बिनास गरेको आरोप समेत लगाएका छ्न!
डाक्टर बाबुराम भट्टराईको भनाइलाई सापटी लिदै सभापति श्रेष्ठले न पोथी न भाले त्यो हो नेकपा एमाले भन्दौ व्यङ्ग्य समेत गरे ।
उनले आउदो स्थानीय निर्वाचनमा स्थानीय जनताको मर्मलाई बुझेर मात्र गठबन्धन गरिने जानकारी दिएका छन ।

त्यस्तै कार्यक्रम मा बोल्दै नेपाली कांग्रेसका जिल्ला सहसचिव एवं वडा अध्यक्ष कमल पौडेल ले नेपाली कांग्रेस यो देशकै सबै भन्दा इमानदार र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताए साथै उनले नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो वडामा भएका विकास निर्माण का काम गौरव गर्न लायक भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामबहादुर बिसि जिल्ला सभापति केशब श्रेष्ठ ,जिल्ला कोषाध्यक्ष बिस्नु क्षेत्री जिल्ला सहसचिव कमल पौडेल ,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तारा प्रसाद श्रेष्ठ जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ लगायत स्थानिय नेता कार्यकर्ता हरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation