दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

जनताले दिएको दुई तिहाइ अलपत्र पार्नेले फेरि मत माग्न कुन नैतिकताले दिन्छ:नेता पौडेल

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका हुन्।
गृहजिल्ला तनहुँको ऋषिङ गाउँकालिका कार्यसमितिले शनिबार वडानम्बर ६ मा पर्ने ढुङ्गाडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनता सामु परीक्षण भएर पूर्ण असफल भइसकेका ओलीलाई अब शंको सुविधासमेत नभएको जिकिर गरे।
‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओली प्रति आक्रामक ढंगले प्रस्तुत भएका पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’
एमालेले गत निर्वाचनमा जारी गरेको घोषणा पत्रमा उल्लेख गरेका कुनै पनि योजना कार्यान्वयनमा नै आउन नसकेको पनि बताए। ‘चुनाव अघि आफैँले भनेका योजना सुरुवात भएनन्। घोषणा पत्रमा उल्लेख गरिएका कुनै पनि योजना कार्यान्वयन भएनन्,’ पौडेलले भने, ‘कार्यान्वयनमात्रै होइन, सुरुवात हुने सम्भावना नजिकसम्म पनि पुगेनन्।’
ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको दाबी थियो। ‘दुईतिहाइ बराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन,’ उनले भने।
जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation