दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ कपिलवस्तुको चौथो जिल्ला सम्मेलन सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ कपिलवस्तुको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज जिल्लाको बाणगंगा नगरपालिका पिस हिमालयन रिसोर्टमा किसान महासंघको सम्मेलन सम्पन्न भएको हो ।

अखिल नेपाल किसान महासंघको केन्द्रिय सचीवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व कृषि मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता, नेकपा एमालेका केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी बिभाग प्रमुख गिरधारिलाल न्यौपाने, एमाले कपिलवस्तुआ निवर्तमान अध्यक्ष झबी पोखरेलको बिशिस्ट आतिथ्यता रहेको अखिल नेपाल किसान महासंघ कपिलवस्तु अधिवेशन आज चार नवंर जितपुरमा सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथी आरती पौडेलले कृषकहरुको एक मात्र सारथि नेकपा एमाले रहेको बताउनु भएको छ । उहाले भन्नुभयो “नेकपा एमाले सधै देश र जनताको लागि लढ्ने र किसानको पक्षमा आवज उठाउने पार्टी हो । किसानका हरेक मुद्दामा नेकपा एमाले किसानको पक्षमा रहने छ ।”

यस्तै अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले एमाले मजदुर किसान तथा जनताको पार्टी भएकाले सधै किसानको सारथि बन्ने बताउनु भयो । यस्तै उहाले आउने स्थानीय चुनावमा नेकपा एमालेका उम्मेद्बारलाई बिजय बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । सम्मेलनबाट अध्यक्षमा रुकमागत पन्त, उपाध्यक्षमा रामप्रसाद केवट, सचिबमा नारायण प्रसाद पन्थी, कोषाध्यक्षमा ठाकुर पौडेल निर्वाचित हुनुभएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation