लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

गौ मातालाई चिनौ

गाव विश्वस्य् मातर् , गाई समस्त विश्व कि माता हुन्। कामधेनु गाई कै खीर बाट श्री राम लक्ष्मण भरत शत्रुघन प्रकट हुनुभएको कुरा हाम्रो धर्म शास्त्रमा लेखेको पाउछौ । यिनै गौ माता कै सेवा गर्नको लागि भगवान श्री कृष्ण एउटा ग्वालाको रुपमा अवतरण गर्नु भएको थियो र गाई कै सेवा गर्ने हुनाले गोपिनीहरुको प्रेम भगवान कृष्णले स्वीकार गर्नु भएको थियो तर बिडम्बना यो छ कि हामी गाई लाई चिन्दैनौ र यिनै गौ माता अहिले बाटोमा दुख पाएर आशु झार्दै हिडिरहेकि छिन् बाटोमा फालेका प्लास्टिक खादै घुमीरहेकि छिन् । र हामी जर्सी अथार्त बिदेशी नस्लका गाईलाई नै गाई मानेर पुज्दै आइरहेका छौ । हामीले समान्यतया दुई खुरयुक्त पुच्छर भएको दूध दिने प्राणीलाइ गाई मान्दछौ तर शास्त्र एवं विज्ञानको दृष्टिमा गाई हुनको लागि दस वटा लक्षण जरुरी छ जसमा दुई लक्षण महत्वपुर्ण छ । सास्नादिमत्वं गोत्वम् , ककुमत्वं गोत्वम् अथार्त जसको गलकम्बल हुन्छ जसको पिठ्युमा जुरो हुन्छ जसलाई सुर्यकेतु नाडि भनिन्छ त्यो नै गोवंश हो। गाईको यस जुरो भित्र सुर्यकेतु नाडि हुन्छ त्यो नाडिले सुर्य बाट उर्जा ग्रहण गरेर अथार्त वाह्य वातावरण बाट अौषधिय पदार्थ ग्रहण गरेर दूध मुत्र गोबरबाट प्रदान गर्दछिन् ।यसै विषयमा अनुसन्धान पनिफगरिसकेका छन् , पेटेन्ट भनेको पहिले कहिले नभएको विशेष अनुसन्धान ।जुन अनुसन्धान बाट पञ्चगव्यबाट बनेको आौषधीको सेवनले उदर रोग, त्वचा रोग, कमजोरी , एलर्जी, मधुमेह , रक्तचाप, जण्डिस, मिर्गौला रोग , क्यान्सर समेत मा लाभदायक मान्दै यहि सन्दर्भमा वैज्ञानिक एवं अौधोगिक अनुसन्धान परिषद्ले लखनऊ भारतमा वरिष्ट वैज्ञानिक डाः सुमन प्रीत खनुजाको नेतृत्वमा पहिलो पेटेन्टमा प्राप्त गर्यो। यसमा गोमुत्र एण्टिबायोटिक, एन्टिफङ्गस अौषधिको प्रोग प्रभावकारिता बढाउने वाला पाइयो ।दोस्रो पेटेन्ट मा गोमुत्र अर्क क्यान्सर विरोधी गुणको शोधमा प्राप्त भएको छ।
यति धेरै महत्व बोकेकि गौ माताको बारेमा वेद, उपनिषद्, रामायण आदि शास्त्रले महिमा गाएको पछाडि कुनै सामान्य कुरा नरहेको र विशेष रहस्य लुकेको छ जसको विषयमा हामी सबैले अनुसन्धान गर्न जरूरी भएको छ । अहिले विशेष गरि पश्चिम जिल्लातिर गोवंशले धेरै दुख पाएको देखिन्छ , यसै विषयमा खोज गर्न हाम्रो गौ संरक्षण अभियानको टिम पश्चिम पुगेर गाईहरुको पीडा हेरेर आयौ र हामीले एउटा अभियान नै चलायौ किनकि गौ संरक्षण गर्नु केवल हाम्रो मात्र दायित्व हैन् यसमा सरकार , स्थानिय सबैको दायित्व रहेको छ ।
हाम्रो अभियानको मुख्य दायित्व यसप्रकार रहेको छ,
गाउनगर महानगरमा लावारिश घुम्ने गोवशंको संवर्ध्दन एवम् विकासका लागि गो धर्मशाला निर्माण गर्दै जाने।
२ . गौवशंको आन्तरिक गुण मानव जीवनमा उसको उपयोगिताको बोध गराई राष्ट्रलाइ कार्य बढाउन प्रोत्साहन गर्ने।
३. गौवशं कल्याणका लागि स्थापित असल नस्लको विकास गराउने ।
४ . पञ्चगव्यबाट बनेका महाअौषधिहरुको प्रचार प्रसारका साथै आयुर्वैदिक उपयोगितामा वन वनस्पतिको संरक्षण , गर्ने र वितरण व्यवस्था मिलाउने।
५ . गौभक्तहरुलाई प्रेरित गर्ने।
यदि हाम्रो यस अभियान मार्फत गौ सेवा गर्ने ईच्छुक गौ ्रिेमी महानुभावहरुले हामीलाइ साथ , सहयोग र समर्थन दिन हुन हार्दिक अनुरोध गर्दछु।
गौ संरक्षण अभियानको
अध्यक्ष स्मृती राणा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation