वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

कपिलवस्तुमा हुुने वृहत सभालाई सम्बोधन गर्न केपी ओली आउँदै

कपिलवस्तु ।
नेकपा एमाले का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के।पि। शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ । नेकपा एमाले कपिलवस्तुले चैत्र १४ गते तौलिहवामा आयोजना गर्ने पार्टी प्रवेश एवम् वृहत सभालाई सम्बोधन गर्न ओली कपिलवस्तु आउनुहुने भएको एमाले कपिलवस्तुले जनाएको छ । पार्टी प्रवेश एवम् वृहत सभाको तयारीका लागि नेकपा ९एमाले० कपिलवस्तुले तेस्रो पूर्ण वैठक बुडढीमा शनिवार सम्पन्न गरेको छ । वैठकले वृहत सभामा ५० हजार जनताको सहभागिता रहने निर्णय गरेको जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले जानकारी दिनु भयो ।

वैठकले जनसहभागिताका लागि जिल्लाका सबै वडाहरुलाई जिम्मेवारी समेत प्रदान गरेको बताइएको छ । वैठकले मञ्च ब्यवस्थापन, यातायात ब्यवस्थापन, जनपरिचालन, प्रचार प्रसार, प्राथमिक उपचार लगायतका जिम्मेवारी समेत वाडफाड गरेको उपसचिव अर्जुन केसीले जानकारी दिनु भयो ।

वैठकलाई सम्बोधन गर्दै नेकपा एमोले का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले आगामी सभाबाट केन्द्रले कपिलवस्तुमा हेर्ने दृष्ट्रिकोर्णमा प्रभाव पार्ने जिकिर गर्नु भयो । नेता अधिकारीले तराईमा एमाले प्रतिको भरोसा बढर्दै गएको बताउदै आगामी स्थानिय तहको निर्वाचनमा अधिकाशं पालिकामा पार्टीले विजय प्राप्त गर्ने बताउनु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले प्रति जनताको आकर्षण बढदै गएको दावी गर्दै पार्टी जिल्लाको उत्तर दक्षिण सबै भुगोलमा अर्थपूण उपस्थितीले पार्टीको बलियो उपस्थिती रहेको पुष्टी गर्ने बताउनु भयो ।

वैठकमा पार्टीका केन्द्रिय सल्लाहकार राम प्रसाद काफ्ले, लुम्बिन प्रदेश सभा सदस्य शान्तिदेवी चमार, खुम आचार्यले मन्तब्य राख्नु भएको थियो ।
जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु ईन्द्रमणी पौडेल, काशिराम बेल्बासे, साधुराम खनाल, मंगल प्रसाद गुप्ता,टेकराज पौडेल, जंजिर प्रसाद चौधरी, घरभरण यादव, शारदा शर्मा, बाबुराम खनाल, धर्मराज भुसाल लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation