दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तु आउने

कपिलवस्तु ५ चैत्र । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तुमा आउनु हुने भएको छ । वहालवाला संघिय सांसद , प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम माथिल्लो तहका नेता कार्यकर्ता सहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लाग्नु भएकोहो । अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रबेश कार्यक्रमलाई ब्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक आज बुद्धभूमीमा बसेको छ ।बैठकले उक्त पार्टी प्रबेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना वनाएको छ । तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाएको एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आकलन गरेकोछ ।

बैठकलाई संवोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले १४ गतेको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानमा एमालले पकड जमाउन सक्षम भएको सन्देश दिने वताउनु भयो । उहाले केन्द्रको नजरमा कपिलवस्तु पनि लालकिल्लाहो भन्ने छाप पार्न यो कार्यक्रम सफल हुने र कपिलवस्तुमा कांग्रेस र मधेसवादीदलको उपस्थिती इतिहासमा मात्र अंकित हुने बिश्वास प्रकट गर्नु भयो ।बैठकलाई अध्यक्षको आसनवाट संवोधन गर्दै अध्यक्ष डम्मर शर्माले हाल सम्म राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकड चौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैत्तको जनसभा सफल हुने ठोकुवा गर्नु भयो ।सो कार्यक्रममा संघिय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धरम वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १वाट ५ हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रबेश गर्नेछन् । यस्तै कृष्णनगरवाट बरिष्ट समाजसेवि डा. रुद्र प्रताप शाह , शाह परिवारकै प्रभावशाली युवा समाजसेवि कुडाल प्रताप शाह सहित ३ हजार बढी कार्यकर्ता एमालेमा प्रबेश गर्ने अन्तिम तयारीमा छन् ।
नव प्रबेशीलाई टिका लगाएर पार्टीमा स्वागत गर्न स्वयम अध्यक्ष ओली दोश्रो पटक कपिलवस्तु आउन लाग्नु भएको हो । यस अघि समाजसेवि मंगल प्रसाद गुप्ता सहित ४ हजार वढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली ३ महिना पहिे कपिलवस्तु आउनु भएको थियो । एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक सचिव सिवि गहतराजको सहजीकरणमा भएको थियो । बैठकमा केन्द्रिय सल्लाहकार रामलाल काफ्ने ,प्रदेश कमिटी सदस्य शन्तिदेवि हरिजन र खुम प्रसाद आचार्यले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation