


दाङ ।
बाँके प्रहरीले ३ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका(९ का २५ वर्षीय प्रविण विष्ट र वडा नम्बर ७ का २३ वर्षीय राजबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरूलाई ३ किलो चरेससहित बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डिएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।
नेपालगन्ज(२ पुष्पलाल चोकस्थित दंगाली स्याङ्जाली होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा जिप्रका बाँकेबाट गएको प्रहरी टोलीले आइतबार बिहान करिब १२ बजेतिर उनीहरू बसेको होटलको कोठामा खोजतलास गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ घ बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाका छालासहित डोल्पाका ४ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका(३ का २३ वर्षीय विवेक बोहरा, सोही ठाउँका ३६ वर्षीय हर्कबहादुर बिक, २२ वर्षीय रामकृष्ण शाही र डोल्पा ठूलोभेरी नगरपालिका(१ का सुकराम बिक रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।
उनीहरूलाई आइतबार बिहान करिब ११ बजेतिर नेपालगन्जबाट पक्राउ गरिएको हो। नेपालगन्ज(१२ कोरियनपुरस्थित अन्जना होटल एण्ड लजमा दुर्लभ वन्यजन्तु रेडपान्डाका छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिप्रका बाँकेबाट गएको प्रहरी टोलीले २ वटा रेडपान्डाका छालासहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले उक्त होटलको कोठा नम्बर १०५ मा रहेको खाटमुनि प्लास्टिक बोरामा लुकाएर राखेका थिए। पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ९१० बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।