वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

गाउँगउँमा चुनावी माहोल : शीर्ष नेताहरुको दौडधुप बढ्दो

काठमाण्डौ ।
स्थानीय तहको चुनाव आउन अब ५३ दिन मात्रै बाँकी रहँदा गाउँटोलमा चुनावी चहलपहल बढेको छ ।
प्रायः सबै दलका नेता कार्यकर्ता पालिकास्तरीय कार्यक्रममा व्यस्त देखिएका छन् । गाउँटोलमा विभिन्न दलका कार्यकर्ता भेला, प्रशिक्षण लगायतका चुनाव केन्द्रित कार्यक्रम हुने गरेका छन् । दलका शीर्ष नेताहरुले दौडधुपलाई तीव्रता दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै हुनुहुन्छ । उहाँले सुन्दरहरैँचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन तथा नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिका–९ मा बन्ने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री देउवा दोलखा, नुवाकोट र काभ्रे पुगेर नेता कार्यकर्तासँग चुनावी तयारीबारे छलफल गर्नुभएको थियो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँगै विपक्षी एमाले र सत्तारुढ दलका अरु शीर्ष नेताहरु पनि चुनावी अभियानमा खटिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो विभिन्न कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । ओली हिजो इलाम पुग्नुभएको थियो । यसअघि उहाँ मोरङ, झापा, वीरगञ्ज, पोखरा, दोलखा, रामेछाप, काठमाण्डौ लगायतका ठाउँमा भएका पार्टीको कार्यक्रममा सहभागी हुनुभएको थियो।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि काठमाण्डौ बाहिरका कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ । माओवादीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादव पनि चुनावी कार्यक्रममा व्यस्त देखिएका छन् । विभिन्न ठाउँमा हुने कार्यक्रममा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप र घोचपेच पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation