लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

टि–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं ।
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २१, रोहित पौडेल १२ र कुशल भुर्तेल एक रनमा आउट हुँदा दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको हो। उसका लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२, कप्तान अहमद फैजले सर्वाधिक २४, मुहम्मद अमिरले १६ र सायद अजिजले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान २र२, अविनशा बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए। पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो।

नेपालले मलेसियाविरुद्ध अर्को खेल आगामी शनिबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation