लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

प्रदीप र गोकर्णको एकै स्वर : अपवित्र गठबन्धन पछारिन्छ

रुपन्देही ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । नेकपा एमाले गुल्मी(रुपन्देही युवा विद्यार्थी मञ्चले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पाँच दलीय गठबन्धनले एमालेलाई केही फरक नपर्ने दाबी गरे । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेता ज्ञवालीले एमालेसँग एक्लै चुनाव लड्न सक्ने सामर्थ्य नभएकाले गठबन्धनसँग डराउन नपर्ने बताए ।

उनले एमाले ६० प्रतिशतभन्दा बढी मतका साथ विजय हासिल गर्ने दाबी गर्दै एमालेको नेतृत्वमा देशको विकास र समृद्धि हुने ठोकुवा गरे । आउने स्थानीय चुनावमा गुल्मीमा एमालेले १२ बटा सिटमा जित सुनिश्चित गर्ने दाबी गर्दै कार्यकर्तालाई चुनाव केन्द्रित भएर लाग्न उनले आग्रह गरेका छन् ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले कांग्रेस, माओवादी, समाजवादीजस्तो अरूको भरमा चुनाव लड्ने पार्टी एमाले नभएकोले जनतासँग जान सबै कार्यकर्तालाई आग्रह गरे । उनले एमाले एक्लैले बहुमतका साथ चुनाव जित्ने दाबी गर्दै अहिलेको गठबन्धन लामो समय नटिक्ने बताए । देशभर नै एमालेमा जनलहर फैलिएको बताउँदै सबै कार्यकर्तालाई चुनावमा केन्द्रित भएर लाग्न उनको आग्रह थियो ।

गुल्मीको विकास र समृद्धिका लागि एमाले निरन्तर लागि रहने सबैलाई प्रमाण भएको उनको भनाई थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य कमल राज श्रेष्ठ, युवा संघका केन्द्रीय सदस्य प्रज्वल खड्का, मञ्चका अध्यक्ष जीवन गौतम,सचिव चिरन अर्याल,प्रकाश पराजुलीलगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation