लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

एमाले लुम्बिनी इन्चार्ज राना: मुलुकको विकास निर्माणमा दुरदृष्टि योजना बनाउने पार्टी एमाले

पाल्पा ।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाको दोस्रो बैठक तानसेनमा सम्पन्न भएको छ । बैठकले निकट स्थानिय निर्वाचन केन्द्रित भएर काम गर्न जिल्लास्तरका नेता तथा कार्यकर्तालाई निर्देशन गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दलबहादुर रानाले शान्तिपूर्ण संघर्षको अन्तिम रुप निर्वाचन भएकाले तन, मन लगाएर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिएका थिए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन एमालेको जित आवश्यक रहेको ईन्चार्ज रानाले बताए । मुलुकको विकास निर्माणमा दुरदृष्टि योजना बनाउने पार्टी एमाले भएकाले अमुल्य मत दिएर एमालेका उमेदवारलाई विजयी गराउन आम मतदातासँग उनले अपिल गरेका थिए ।

पोलिटब्यूरो सदस्य तथा पाल्पाका इन्चार्ज ठाकुर गैरेले टोलटोल र घरघरमा पुगेर एमालेको सरकारले गरेका कामका बारेमा जनतालाई प्रस्ट पार्नुपर्ने अवस्था आएको बताए । उनले जनता र मुलुकको विकासलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने पार्टी एमाले भएको बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अर्जुनदृष्टि बनाई जनताको घरघरमा पुगेर भावी योजनाबारे जानकारी गराउँदै एमालेका उमेदवारलाई मत दिनको लागि अपिल गर्न बैठकमा सुझाव दिए ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले एमाले यो मुलुुकको सशक्त पार्टी भएकाले यसमा गोलवद्ध भएर मुलुकलाई बचाउँन आग्रह गरे । बैठकमा केन्द्रीय सल्लाहकार सदस्य झपेन्द्र जिसीले समसामयिक प्रस्ताव पेस गरेका थिए ।

बैठकले प्रतिगामी र परमादेशबाट निर्मित पञ्चदलीय सरकारले बिमाको रकम भुक्तानी नगरी जनताले पाउने उपचार सेवाबाट वञ्चित गरेको भन्दै घोर निन्दा गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको दैनीक उपभोग्यवस्तुमा चरम महंगी बढाएर ढाड सेक्ने काम गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

दक्षिणपन्थी दिशा विहिन भाषमा फसेको गठबन्धन सरकारलाई परास्त गर्न अग्रगामी परिवर्तनकारी शक्ति नेकपा एमालेमा गोलबन्द भइ लाग्न आम नेपाली जनतालाई आव्हान गरेको छ । मतदाता परिचयपत्रको वैकल्पिक व्यवस्थाको रुपमा नागरिकतालाई मान्यता दिने बैठकले माग गरेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।

नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गरेका थिए । बैठकमा जिल्लाका १० वटै पालीका कमिटीका अध्यक्षहरूले स्थानीय तहमा भएका पार्टी गतिविधिबारे रिपोर्टिङ गरेका थिए । उनीहरूले यसअघि जितेको पालिका तथा वडामा अत्यधिक मत ल्याउने र पराजित भएका वडा तथा पालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका थिए ।

यस्तै यही चैत २६ र २७ गते वडा बैठक र २९ र ३० गते पालीकास्तरको बैठक बसेर पार्टीकातर्फबाट उमेदवार सिफारिस गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । पार्टी जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष देवीलाल लामिछानेले स्वागत सचिव रामजी पोखरेलले सञ्चालन गरेका थिए ।
बैठकमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला कमिटीका सदस्य साथै पालीका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation