लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

रानितिक दलका प्रतिनिधीहरुद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई पार्टीको घोषण पत्रमा उल्लेख गर्ने प्रतिबद्धता

सुनिल आचार्य, कपिलवस्तु ।
रानितिक दलका प्रतिनिधीहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई पार्टीको घोषण पत्रमा उल्लेख गर्ने प्रतिबद्धता जनाएका छन् । मानव अधिकार समूह बाणगंगाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा पहिचान भएका समस्यालाई स्थानीय तह निर्वाचनको घोषण पत्रमा समेटन माग गर्दै मानव अधिकार समूह र इन्सेक प्रतिनिधि सहितको टोलीले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई चैत २६ गते ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरूले आ–आफ्नो घोषणा पत्र मार्फत जनतासामू जाने तयारी गरिरहेका बेला मानव अधिकार समूहका तर्फबाट विभिन्न सवालहरू उठान गरी उल्लेखित आम नागरिकहरूको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक दलहरूलाई प्रतिवद्धता जाहेर गर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्m्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाणगंगा नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलले ज्ञापन पत्रमा उल्लेख गरिएका शिक्षा , स्वास्थ्य , खाद्य र आवासका बिषयमा उल्लेख गरिएका बिषयहरू महत्वपुर्ण भएको बताउनु भयो । मानव अधिकार समूहको ज्ञापन पत्रमा उल्लेखित बुँदाहरुलाई पार्टीको घोषणा पत्रमा समाबेश गर्ने नगर कमिटी अध्यक्ष पोख्रेलले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसैगरी, नेपाली कांग्रेस बाणगंगा नगर कमिटीका अध्यक्ष बिष्णु थापाले ज्ञापन पत्रमा उल्लेख गरिएका विषयलाई पार्टीको घोषणा पत्रमा समावेश गर्ने प्रतिबद्धता जनाउनु भयो । बाणगंगा नगरपालिका भित्रका नागरिकहरुको मानव अधिकारको बिषयमा यो महत्वपुर्ण बिषय रहेको हुँदा यसलाई आत्मसाथ गर्दे नेपाली कांग्रेसको घोषणा पत्रमा समावेश गर्ने बताउनु भयो ।

यस्तै नेकपा माओवादी ९केन्द्र० बाणगंगा नगरपालिका वडा कमिटी सदस्य बेदराज नेपालीले ज्ञापन पत्रमा उल्लेख गरिएका विषयलाई पार्टीको घोषणा पत्रमा समावेश गर्ने र आम नागरिकहरूको अधिकार सुनिश्चित गर्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो । संविधानमा उल्लेख गरिएका शिक्षा ,स्वाथ्य , खाद्य र आवासको अधिकार जनताले पाउनु पर्छ र अधिकारका कुराहरूलाई जनता समक्ष पुर्याउन पार्टी लागिपर्ने उहाँले बताउनु भयो ।

ज्ञापन पत्र मानव अधिकार समूह बाणगंगाका सचिव मधु पाण्डे , समूहका सदस्य देबकला सुवेदी कमाल र इन्सेक प्रतिनिधीको टोलिले तिन रानितिक दलका प्रतिनिधीहरुलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation